Advertisement

NRNA पाेर्चुगलकाे निर्वाचन ,निर्वाचित पदाधिकारि देखेर पद नै लजायाे कि ?

0 74

Advertisement

याेगेन्द्र खरेल

१४ साउन, लिस्बाेन पाेर्चुगल। गैरआवासिय नेपालि संघ समन्वय परिषद पाेर्चुगल NRNA , निर्वाचन समितिले मध्यरातमा एक सुचना सार्बजनिक गर्याे , जुन सुचनामा एघार जना उपाध्यछ र पाँच जना सचिब सहित त्रिपन्न सदस्य NRNA पाेर्चुगल निर्बाचित भएकाे जनाएकाे l यस बिषयलाई लिएर बिभिन्न ब्यक्तिहरुले ब्यांगात्मक रुपमा आफ्ना टिप्पणिहरु सामाजिक संजालमा ब्यक्त गरिरहेका छन l

एक पदमा उमेद्वारि दिएकाे ब्यक्ति अर्काे पदमा निर्बाचित भएकाे लज्जास्पद परिस्थिति देखिएकाे छ l सहमतिकाे नाममा , नयाँ पदहरु सृजना गर्ने पदहरुमा संख्या बढाउने , एउटा पदमा मनाेनयन दर्ता गरेकाे ब्यक्ति अर्काे पदमा निर्बाचित हुने परिपाटिले निर्बाचन प्रणालि र उक्त संस्था कै गरिमामा नकरात्मक असर पर्दछ l

निर्बाचित घाेषणा गरिएका ब्यक्तिहरुकाे पद र उनिहरुकाे जिबनकाे प्राेफाईल हेर्दा , अधिकांशहरु पदकाे लागि याेग्य देखिदैनन l NRNAपाेर्चुगलकाे बिगतकाे छबि , राजनितिक हस्तछेप र सहमतिकाे नाममा गरिने अनेक हतकन्डा देखेरै हाेला , ईमान्दार सहयाेगि भावना भएका र बिभिन्न नेपालिहरुलाई सहयाेग गरिरहेका र गर्नसक्नेहरु याे NRNA रुपि झमेलाबाट बाहिर नै रहन खाेज्छन l
प्राय गरि राजनितिक आवरण बाेकेका,पाेर्चुलमा ज्यु ज्यु र मानसम्मान चाहिनेहरुकाे राम्राेसंग चाकडि गर्न सक्ने , काम कर्तब्य भन्दा पनि पदप्रतिष्ठाकाे दम्भ देखाउने खाेज्नेहरुका राेजाई बनेकाे छ NANA पाेर्चुगल l

कुनै पनि पदमा पुग्नु अगाडि, त्याे पदकाे गरिमा काम कर्तब्य र अधिकार बिषयमा जानकारि लिने र उक्त पदमा पुगेपछि पदकाे प्रतिषिठामा आँचआउन नदिने गरि काम गर्न सक्ने भएपछि मात्र उम्मेदवारिदिने बारे साेच्नु पर्नेमा l म काे हुँ ? र पद के हाे ? भन्ने तुलना नै नगरि पद लिन खाेज्दा तपाई देखि तपाईकाे पद नै लज्जित हुन सक्छ l
पदमा पुग्नु सफलता हाेईन , पदकाे गरिमा राख्न सक्नु सफलता हाे l

निर्बाचित हुनुहुने सबैमा सफलताकाे शुभकामना …..!!



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.