Advertisement

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

0 24

Advertisement

१४ साउन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच भेटवार्ता भएको हो।

संवैधानिक परिषद्‌को बैठक राखेर प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अगाडि बढाउने सन्दर्भमा छलफल गर्न प्रधानमन्त्री प्रचण्डले ओलीलाई बालुवाटार बोलाएका थिए।

प्रधानमन्त्रीले शनिबार नै ओलीलाई छलफलका लागि बोलाए पनि ओली भने आइतबार बालुवाटार गएका हुन्।

आइतबारको भेटमा प्रधानन्यायाधीश नियुक्तिको सिफारिसबारे छलफल भएको बताइएको छ। हालका प्रधानन्यायाधीश हरिकृष्ण कार्की अबको केही दिनपछि उमेरहदका कारण अवकाशमा जाँदैछन्।

प्रधानन्यायाधीश अवकाशमा जानुभन्दा १ महिना अगाडिदेखि नै नियुक्ति प्रक्रिया सुरु गरिसक्नुपर्नेमा संवैधानिक परिषद्‌को बैठक नबस्दा त्यसम्बन्धी प्रक्रिया अगाडि बढेको छैन।

प्रधानमन्त्री अध्यक्ष रहने परिषद्‌मा प्रधानन्यायाधीश, प्रतिनिधि सभाको सभामुख, राष्ट्रिय सभाको अध्यक्ष, प्रमुख प्रतिपक्षी दलको नेता र प्रतिनिधि सभाको उपसभामुख सदस्य रहन्छन्।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.