Advertisement

कामदारको शैक्षिक प्रमाणपत्र अनिवार्यबारे बुझ्न सरकारले साउदी राजदूतलाई बोलायो

0 57

Advertisement

२७ जेठ, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले साउदी राजदूतलाई बोलाएको छ । वैदेशिक रोजगारीमा जाने कामदारका शैक्षिक प्रमाणपत्र अनिवार्य गरिएकोबारे बुझ्न मन्त्रालयले साउदी राजदूत साद अबुहैमेदलाई बोलाएको हो ।

उक्त निर्णयबारे बुझ्न राजदूतलाई बोलाइएको मन्त्रालय स्रोतले बतायो । नेपालस्थित साउदी दूतावासले १२ जुनदेखि भिसा प्रयोजनको लागि शैक्षिक प्रमाणपत्र अनिवार्य गरेको छ । भिसाबारे जानकारी सहज हुने भन्दै दूतावासले शैक्षिक प्रमाणपत्र अनिवार्य गरेको हो ।

दूतावासको उक्त निर्णयप्रति नेपालमा चर्को विरोध भइरहेको छ । व्यवसायीहरूले श्रम मन्त्रालय र परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण गराएका छन् । दुवै मन्त्रालयले कुटनीतिक पहलबाट उक्त निर्णय कार्यान्वयन नगराउन प्रयत्न थालेका छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.