Advertisement

नेपाली नोटमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको तस्बिर किन नराख्ने?

0 39

Advertisement

खगेन्द्रराज सिटौला

२७ जेठ, काठमाडाैं ।
नेपाली नोटमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको तस्बिर राख्नुपर्छ भन्ने विचार सबै किसिमले सही हो भन्ने तर्कको साथ यो आलेख तयार पारिएको छ।

अन्तर्राष्ट्रिय शक्ति राष्ट्र अमेरिका, छिमेकी राष्ट्रहरू चीन र भारतले उनीहरूका नोटमा राखेका व्याक्ति र उनीहरूको योगदानसँग हाम्रा राष्ट्रनिर्माताको योगदानलाई तुलना गरेको खण्डमा लाग्छ हामीले हाम्रा राष्ट्रनिर्माताको तस्बिर नेपालको नोटमा राख्न धेरै ढिलो गरेछौं। अब यो गल्तीलाई सच्याउने उचित समय भएको छ।

अमेरिकाका प्रथम राष्ट्रपति जर्ज वासिङ्टनले अंग्रेजलाई अमेरिकाबाट निकाले। त्यस्तै भारतमा महात्मा गान्धीले पनि भारतबाट अंग्रे्रेजलाई निकाल्ने आन्दोलनको नेतृत्व गरे। उता चीनमा माओले पनि जापानबाट चीनलाई मुक्त गरे।

समानता के हो भने यी तीनैजना नेताहरूले आआफ्नो देशबाट विदेशी शक्तिलाई निकालेर देशवासीलाई ठूलो गुन लगाए। उनीहरूले आफ्नो देशलाई यति ठूलो गुन लगाएकाृेले देशले उनीहरूको सम्मानमा उनीहरूको फोटो आफ्नो देशको नोटमा राखेर कृतज्ञाता जाहेर गरे। अर्थात् योगदानको मूल्यांकन र सम्मान भयो। उता सम्मान भयो। यता नि? अब हामी यतातिर लागौं।

नेपाल एकीकरण गर्ने क्रममा अघि बढिरहेका पृथ्वीनारायण शाहलाई रोक्न र नेपाल कब्जा गर्ने दीर्घकालीन रणनीतिकोसाथ नेपाल पसेका अंग्रेज सेनालाई उचित समयमा उचित स्थानमा उचित निर्णय र उचित तरिकाले आक्रमण गरेर पृथ्वीनारायण शाहले नेपालमा पाइला टेक्नै दिएनन्।

यदि पृथ्वीनारायण अंग्रेज सेनालाई धपाउन असफल भएका भए उ नेपालमा जम्ने थियो र नेपालको एकीकरण सम्भव हुने थिएन। राजनीति मान चित्रमा नेपाल भन्ने स्वतन्त्र देश र नेपाली नागरिकको कुनै अस्तित्व रहने थिएन। यसकारण पनि यो विजय नेपाल र नेपालीको लागि ज्यादै महत्वका विजय हो।

माथि उल्लेख गरिएका तीन देश अमेरिका, भारत र चीनका नेताहरू क्रमश जर्ज वासिङटन, महात्मा गान्धी र माओले विदेशी शक्तिलाई धपाए जस्तै पृथ्वीनारायण शाहले पनि विदेशी शक्तिलाई पाइला टेक्न नदिइ धपाए र आफ्नो मुलुकलाई गुलाम हुनबाट बचाए।

यस हिसाबले हेर्दा पनि समान काम गर्ने नेताले समान सम्मान पाउनु पर्ने होइन र? विदेशी खेदेर आफ्नो देशलाई स्वतन्त्रता दिने ती नेताहरू जस्तै स्वतन्त्रताको आधार सुनिश्चत गर्ने पृथ्वीनारायण शाहको पनि नेपाली नोटमा तस्बिर धेरै पहिला नै राखिनुपर्ने होइन र?

माथि उल्लेख गरिएका तीन नेताले नगरेको अझ बढी महत्वको राष्ट्र निर्माण अर्थात् मुलुकको एकीकरणसमेत पृथ्वीनारायण शाहले गरेको हुनाले पनि नेपालको नोटमा राष्ट्रनिर्माताको तस्बिर नराख्नु पर्ने कुनै कारण छैन।

नेपाली नोटमा पृथ्वीनारायण शाहको तस्बिर राखेर नेपालले अन्तर्राष्ट्रिय जगतलाई नेपाल कृतघ्नहरू बसोबास गर्ने देश नभएर कृतज्ञहरू बसोबास गर्ने देश हो भन्ने स्पस्ट सन्देश दिनु पर्दछ। पृथ्वीनारायण शाहाको सम्मान भनेको राष्ट्रनिर्माताको मात्र सम्मान होइन प्राचीन नेपालका सबै गौरवहरूको समेत सम्मान हो।

पृथ्वीनारायण भन्दा पहिला विशाल नेपाल बनाउने किरात राजा यलम्बर हुन या लिच्छवी राजा अंशुवर्मा, मानदेव हुन् या मल्ल वंशका यक्ष मल्ल आदि सबै महान राजाहरूको समेतको नेपाली नोटमा राखिएको पृथ्वीनारायणको तस्बिरले सम्मान गर्दछ। किनभने पृथ्वीनारायण शाह ती सबैका विरासत हुन्।

पृथ्वीनारायण शाहको नेतृत्वमा एकीकृत नेपालले प्राचीन नेपाललाई आधुनिक नेपालसँग जोडेर नेपालको नयाँ इतिहास मात्र रचना गरेन बरु प्राचीन इतिहासलाई नविन इतिहाससँग जोडेर प्राचीन गौरवमय इतिहासलाई समेत नेपालको सम्पति बनायो।

पृथ्वीनारायण शाहले जुन भूगोललाई नेपालको राजनीति सिमाना भित्र बाँधे त्यहाँ हाम्रा गौतम बुद्ध जन्मेको अर्थात् बुद्ध जन्मभूमि लुम्बिनीका गौरव गर्न पाउने भाग्यमानी नेपाली हुन पायौँ हामी।

जुन सिमानाले विश्वको शिखर सगरमाथा भनेर गर्व गर्न दियो नेपाललाई। पृथ्वीनारायण शाहको नेपाली नोटमा राखिएको तस्बिरले हाम्रा यी सबै गौरवहरूको सम्मान गर्दछ।

नेपालको नोटमा सगरमाथाको चित्र राखिएको छ। तर जसरी पृथ्वीनारायणको चित्रले बहु र व्यापक क्षेत्रको प्रतिनिधित्व गर्दछ इतिहास र इतिहासको सम्मान बोक्दछ सगरमाथाले यी सबै क्षेत्रको प्रतिनिधित्व गर्न सक्दैन।

पृथ्वीनारायण शाह पौरखले चुलिएका गौरव हुन् भने सगरमाथा प्रकृतिले खडा गरेको गौरव हो। पृथ्वीनारायणको तस्बिरले एकैपटक पौरखको पनि गौरवको पनि प्रतिनिधित्व गर्दछ।

नेपालमा जन्मेर नेपाललाई विशाल बनाएर नेपाल जोगाउने र जगाउने विचार दिएर नेपाली माटोमा नै देह त्याग गरेका संसारलाई देखाउन सक्ने कुनै नेपाली महापुरुषको मुहार हो भने त्यो पृथ्वीनारायण शाहकै मुहार हो।

पृथ्वीनारायण व्याक्ति होइन संस्था हो। त्यो संस्थालाई नेपाली नोटमा सम्मान गर्दा एकैपल्ट धेरै व्याक्ति शक्ति जुक्ति अभियान सभ्यता संस्कृति र सौर्य आदि समेतको पनि सम्मान हो अर्थात् हुन्छ। पृथ्वीनारायण शाह नेपालका प्रथम साम्राज्यवाद बिरोधी योद्घा र बिजेता हुन्।

उनी दरबारका राजा मात्र थिएनन् तरबार बोकेर युद्घ मैदानमा भिड्ने सिपाही पनि थिए। पृथ्वीनारायणको सम्मान भनेको आदि नेपाली साम्रज्यवाद बिरोधि योद्घा र विजेताको पनि सम्मान हो।

यस्तो उदाहरण दक्षिण एसियामा नै छैन। पृथ्वीनारायण शाह दक्षिण एसियाकै पराक्रमी योद्घा बिजेता सिपाही र नेता हुन्। त्यसैले उनको सम्मानमा नेपाली नोटमा उनको तस्बिर राखेर नेपालको मात्रै होइन दक्षिण एसियाकै गौरवलाई सम्मानित गरिएको मानिनेछ।

पृथ्वीनारायणको सम्मान आफैंमा युद्घ मैदानमा भिड्ने बहादुर सिपाहीको समेत सम्मान हो। किनभने पृथ्वीनारायण शाह स्वयं तरबार बोकेर युद्घ मैदानमा भिड्ने बहादुर सिपाही थिए भनेर माथि नै भनिएको छ।

बहादुर गोरखाली जुन नेपाली सौर्यको अन्तर्राष्ट्रिय ब्राण्ड बनेको छ त्यो ब्राण्डका प्रतिनिधि नायक पृथ्वीनाराण नै हुन्। तसर्थ पृथ्वीनारायणको सम्मान भनेको नेपाली सौर्यको सम्मान पनि हो।

पृथ्वीनारायण शाह बिसे नगर्र्चीहरू पनि हुन बंश गुरुङहरू पनि हुन्। त्यसैले पृथ्वीनारायणको तस्बिरमा बिसेहरू पनि छन् बंशहरू पनि छन्। यो उनीहरूको पनि सम्मान हो।

नेपाल एकीकरण विचार र योगदानमा पृथ्वीनारायण सम्झन र बुझ्न सकेको खण्डमा नेपाली नोटमा नेपालका गौरव पृथ्वीनारायणको तस्बिर धेरै पहिल्यै राखिएको हुनुपर्ने थियो। हिजोका हरेक गल्तीलाई सच्याउने आजको दायित्व हो।

आज इमान्दारी र जिम्मेवारीबाट उम्कन पाउने छैन। अब पृथ्वीनारायण बारे कुनै पनि बहाना र कुनै पनि कृतिम लान्छना अक्षम्य हुने छन् अस्वीकार्य हुनेछन्। पृथ्वीनारायण शाहा राजाका पनि राजा थिए, बडामहाराजाधिराज। तर उनी जहिल्यै पद भन्दा माथि हुन्। उनी नेताका पनि नेता हुन बडानेता।

उनी दूरद्रष्टा हुन् योनजकार र विचारक हुन्। उनी महत्वकांक्षी हुन्, साहसी बहादुर र उच्च मनोबल पनि हुन्। उनी संगठक हुन् साझा नेता र साझा सपना पनि हुन्। उनी नेपालक हिजो हुन् आज हुन् र भोलि पनि हुन्।

उनी गोरखा नामको गमालामा मात्र सीमित भएर रमाउन चाहेनन् विशाल नेपाल नामको पूmलबारी भएर पूmल्न चाहे। उनले यो मेरो पूmलबारी भनेर सामन्ति अहंकार देखाएनन् बरु विनम्र नेता भएर यो सबै जातको साझा पूmलबारी भएको उद्घोष गरिदिए। र, निर्देशन दिए थामेर खाउ जनतालाई जिम्मा दिए।

पृथ्वीनारायणसँगै नेपाली सभ्यता उभिन्छ नेपाली प्रकृति र संस्कृति पनि उभिन्छ। उनको उठेको चोर अम्लाले एकताकोसाथ एक ढिका भएर उठ नेपाली माथि माथि उठ भन्छ र खबरदार सबै विकृतिलाई प्रहार गर्ने पृथ्वीविचारको हतियार पनि छ भन्छ।

जुनै कोणले हेर्दा पनि नेपालको नोटमा पृथ्वीनारायणको तस्बिर राख्नु नपर्ने कुनै कारणै छैन। हिजो उनको मुकुट ओढ्ने उत्तराधिकारीले यसको महत्व नबुझेर नेपाली नोटमा राष्ट्रनिर्माताको तस्बिर राखेनन् भन्दैमा परिवर्तनले यो ऐतिहासिक गल्तीलाई नसच्याउनु पर्ने होर?

अहिले राज्यले यो गल्ती सच्याउने उचित समय हो। गौरवशाली राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको तस्बिर नेपाली नोटमा राखेर नेपाली नोट र नेपालको गौरव बढाउने हो। सबैलाई चेतना भया।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.