Advertisement

बागलुङको धवलागिरि अस्पतालमा पहिलो पटक मेरुदण्डको शल्यक्रिया

0 26

Advertisement

११ जेठ, काठमाण्डौं । बागलुङको धवलागिरि अस्पतालमा पहिलोपटक मेरुदण्डको शल्यक्रिया गरिएको छ । मेरुदण्डको हड्डी भाँच्चिएर समस्यामा पर्नुभएका बागलुङकै ५२ वर्षीय एक पुरुषकोे बुधवार शल्यक्रिया गरिएको हो ।

धवलागिरि अस्पतालका डा‍.विनित ढकाल, डा‍.समिर लामिछाने, डा‍.प्रमेश थापा, डा‍.राजन शर्मा, डा‍.अमित ढुङ्गानालगायत डाक्टरकाे टोलीले मेरुदण्डको शल्यक्रिया गरेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा‍.रविरञ्जन प्रधानले जानकारी दिनुभयो ।

‘यसअघि कम्मरको हड्डी भाँचिएको पनि शल्यक्रिया गरिएको थियो, ‘रिफर सेन्टर’का रूपमा चिनिएको अस्पतालले पछिल्लो समय विशेषज्ञ सेवालाई थप गर्दै गएको छ,’ उहाँले भन्नुभयो । अहिले अस्पातलमा दैनिक चार सयको हाराहारीमा बिरामी उपचारका लागि आउने गरेका डा‍.प्रधानले बताउनुभयो ।

यसअघि मेरुदण्डको शल्यक्रियाका लागि बिरामी पोखरा, भरतपुर, काठमाण्डाैलगायत ठाउँ जाने गरेका थिए । महँगो उपचारका रूपमा मानिदै आएको मेरुदण्डको शल्यक्रिया बागलुङकै सरकारी अस्पतालमा भएपछि अब अरुलाई पनि सहज हुने भएको छ ।

पछिल्लो समय विशेषज्ञ डाक्टर थप भएसँगै अस्पतालले ओपीडी बाहेकका अन्य विशेष प्रकारका सेवासमेत दिन थालेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.