Advertisement

गौतमबुद्ध विमानस्थलबाट लक्ष्यको १० प्रतिशत मात्र भन्सार असुली

0 9

Advertisement

१० जेठ, काठमाडौं । नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भन्सार महसुल असुलीमा कमजोर देखिएको छ । एक वर्ष अगाडिबाट सञ्चालनमा आएको यो विमानस्थलबाट नियमित उडान हुन नसक्दा भन्सार महसुल असुलीमा कमजोर देखिएको हो ।

भन्सार विभागका अनुसार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७९/८० को चैत महिनासम्मका लागि ८ करोड ९१ लाख ५४ हजार रुपैयाँ भन्सार राजस्व संकलनको लक्ष्य पाएको थियो । तर, कार्यालयले यस अवधिमा मात्र ८५ लाख ५८ हजार रुपैयाँ मात्र राजस्व संकलन गरेको छ । यो चैतसम्मको लक्ष्यको तुलनामा मात्र १० प्रतिशत प्राप्ति हो ।

नेपालमा अहिले दुई विमानस्थल (त्रिभुवन र गौतमबुद्ध)सहित कुल ३३ वटा भन्सार विन्दुबाट वैदेशिक व्यापार हुने गरेको छ । सोहीकारण भन्सार राजस्व संकलन समेत यी नाकाबाट हुने गर्छ । चैतसम्म ४ खर्ब ९० अर्ब रुपैयाँ भन्सार राजस्व संकलनको लक्ष्य भन्सार विभागले राखेको थियो । यस अवधिमा संकलन २ खर्ब ८५ अर्ब मात्र भएको छ । यो लक्ष्यको ५८ प्रतिशत मात्र हो ।

यसै वर्ष सञ्चालनमा आएको अर्को नयाँ भन्सार विन्दु चोभार सुख्खा बन्दरगाहबाट भने लक्ष्य भन्दा धेरै राजस्व संकलन भएको छ । यो भन्सार विन्दुबाट चैतसम्म ८ करोड ९१ लाख ५४ हजार रुपैयाँ राजस्ज संकलन गर्ने लक्ष्य राखिएको थियो । संकलन भने १४ करोड २६ लाख ८८ हजार रुपैयाँ भएको छ । यो प्राप्ति लक्ष्यको १६० प्रतिशत हो ।

त्रिभुवन विमानस्थलबाट भने सरकारले लक्ष्यको ५८ प्रतिशत मात्र भन्सार असुली भएको छ । यो विन्दुबाट चैतसम्म २२ अर्ब ५० करोड रुपैयाँ भन्सार असुलीको लक्ष्य रहेकोमा प्राप्ति भने १३ अर्ब १९ करोड रुपैयाँ मात्र भएको छ । सबैभन्दा धेरै राजस्व भने वीरगञ्ज भन्सारबाट उठेको छ । यो भन्सारले चैतसम्म १ खर्ब ९१ अर्ब रुपैयाँ राजस्वको लक्ष्य राखेकोमा संकलन १ खर्ब १५ अर्ब रुपैयाँ बराबर गरेको छ । यो लक्ष्यको ६० प्रतिशत हो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.