Advertisement

पूर्वप्रधानमन्त्रीले संसदमा प्रवचन दिनुभयो : मेटमणि

0 17

Advertisement

०७ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा प्रवचन दिएको टिप्पणी गरेका छन् ।

‘आजको सदनमा पूर्बप्रधानमन्त्रीले १ घण्टा ५५ मिनेट लगाएर नेपाल सरकारले प्रस्तुत गरेको बिषयमा आफ्नो पालामा भए गरेको कामको बिषयमा प्रवचन दिनुभयो’, ओलीको सम्बोधन लगत्तै चौधरीले सामाजिक सञ्जालमा लेखेका छन् ।

एमाले अध्यक्ष ओलीले आइतबार प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रमाथि आफ्ना धारणा राखेका थिए । त्यसक्रममा उनले आफू नेतृत्वको विगतको सरकारको कामकारबाहीको चर्चा गरेका थिए ।

त्यसप्रति टिप्पणी गर्दै चौधरीले लेखेका छन, ‘३३ प्रतिशत पनि पूरा नभएको धरहराको उद्घाटन गरेर गर्व गर्नुभयो । सुझाव भन्दा धेरै इगो, कुण्ठा पोख्नुभयो । प्रजातन्त्रको नयाँ परिभाषा समृद्धि र न्यायको जोड हो भन्नुभयो ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने प्रकरणका सन्दर्भमा समेत ओलीले बोलेको विषयलाई लिएर सांसद चौधरीले गम्भीर टिप्पणी गरेका छन् ।

उनले लेखेका छन्, ‘उहाँ (केपी ओली) ले भुटानी शरणार्थीको बिषयमा मेरो पालामा भएको हो भनी स्वीकार गर्नुभयो । यो बिषयमा मलाई धन्यबाद दिनुपर्छ भनेर समेत जिकिर गर्नुभयो ।’



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.