Advertisement

प्रत्यक्ष प्रश्नोत्तर अगाडि प्रधानमन्त्री र सभामुखबीच छलफल

0 30

Advertisement

०४ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच छलफल जारी छ ।

प्रतिनिधि सभामा प्रत्यक्ष प्रश्नोत्तर अगाडि प्रधानमन्त्री प्रचण्डले सभामुख घिमिरेसँग संसद भवन नयाँ बानेश्वरमा छलफल गरेका हुन् ।

प्रधानमन्त्री र सभामुखको छलफल जारी रहेका कारण बिहान ११ बजे सुरु हुने भनिएको प्रतिनिधिसभाको बैठक साढे ११ बजेसम्म सुरु हुन सकेको छैन ।

आज (शुक्रबार) प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सांसदहरुबीच प्रत्यक्ष प्रश्नोत्तर हुने कार्यसूची छ ।

प्रधानमन्त्री प्रचण्डले संसदमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनेछन् । प्रधानमन्त्री प्रचण्डलाई सोधिने प्रश्नहरु तयार भइसकेको छ । संसद सचिवालयका अनुसार १५ जना सांसदले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्न गर्नेछन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.