Advertisement

कृषि र व्यपार क्षेत्रलाई सुदृढ बनाउँदै करेन्ट चाउचाउ, अस्ट्रेलिया र अमेरिका पनि निर्यात

0 30

Advertisement

२८ वैशाख, काठमाडाैं । सन् २०१७ मे ७ मा रुपन्देही तिलोत्तमा बाट आफ्नो उत्पादन सुरुवात गर्दै खाद्य सामाग्रीको बजारमा प्रविष्ट भएको कम्पनी यसोदा फुड्स अहिले नेपाली बजारमा निकै प्रख्यात नाम बनिसकेको छ ।

स्वदेशमै बिदेशी स्तरको पिरो चाउचाउ उत्पादन सम्भव छ भन्दै करेन्ट नामबाट चाउचाउ उत्पादन गरेको केहि बर्षमै आज करेन्ट नेपाली बजारमा छाउँदै भारत अस्ट्रेलिया र अमेरिका जस्ता मुलुकहरुमा पनि निर्यात हुन थालेको छ।

बिदेशी बजारमा रहेको करेन्टको लोकप्रियतालाई यसको प्रति बर्ष २५ देखि ३० लाख अमेरिकी डलर बराबरको निर्यातले प्रस्ट पार्दछ । देशभर प्रतक्ष्य र अप्रतक्ष्य रुपमा लगभग १५००० मानिसलाई रोजगारी दिँदै करेन्टले देशका ५ जिल्लाका १० हजार किसानलाई पनि बजार दिँदै आएको छ ।

मकवानपुर जिल्लाबाट खुर्सानी खरिद गर्दै करेन्टले त्यहाँका किसानलाई बजार दिएको छ भने गुल्मी, अर्घाखाँची, पाल्पा र स्याङ्जाका केही किसान समुहलाई समेत लगानी प्रदान गर्दै खुर्सानी खेतीका लागि प्रोत्साहन पनि गरिरहेको छ ।

किसानहरुलाई खुर्सानी उत्पादनका लागि प्रोत्साहन गर्नुका साथै उनीहरुको उत्पादनलाई बजार दिँदै करेन्टले देशका बिभिन्‍न ठाउँमा रोजगारी सिर्जना गरिरहेको छ । यस्ले देशका केहि ठाँउमा वैदेशिक रोजगारी भन्दा देशमै पसिना बगाउनु उचित हो भन्‍ने भावनालाई पनि उजागर गरिरहेको छ।

सके सम्म देश भित्रकै साम्रगी र खाद्यान्‍न प्रयोग गरेर देशलाई अन्तराष्ट्रिय चाउचाउ बजारमा चिनाउन सफल करेन्टले बिदेशी मुद्रा भित्राएर देशको आर्थिक बिकासमा पनि निकै ठुलो टेवा पुर्याएको देखिन्छ ।

देशको खस्कँदो अर्थतन्‍‍‍त्रमा निर्यात मार्फत केही हद सम्म सुधार ल्याउँदै करेन्टले आफु जस्ता अन्य स्वदेशी उत्पादकहरुलाई पनि प्रोत्साहन गरिरेहको छ । करेन्टले देश भित्रै बिदेशी गुणस्तरको पिरो चाउचाउ उत्पादन गरे सँगै नेपाली बजारमा हुने पिरो चाउचाउको आयात पनि १५ प्रतिशतले घटेको तथ्याङ्कले बताउँछ।

रोजगारी, देशको आर्थिक विकास र खस्कदो कृषि क्षेत्रको पुनरुत्थानमा बिशेष प्रभाव पार्ने यस कम्पनीले गरीब सिमान्तकृत बालबालिकाहरुलाई छात्रवृत्ति लगायत अन्य थुप्रै राष्ट्रिय हितका कार्यहरु पनि गर्दै आएको छ । पिरो चाउचाउ भन्ने वित्तिकै विदेशी ब्राण्ड सम्झीने नेपली जिब्रोलाई स्वदेशी परम्परागत स्वाद चखाउने उदेश्यले सञ्चालनमा आएको करेन्टले छोटै समयमा नेपाली बजारमा आफ्नो भिन्न पहिचान स्थापित गरिसकेको छ ।

दाङ्ग देखि दुबई सम्म, मकवानपुर देखि मलेसिया सम्म र विश्वभर लेपप्रियहुँदै गएको करेनट रेजगारी, र कृषिको दृष्टिकोणले मात्र नभएर स्वास्थको हिसाबले पनि अरु ब्रण्डको तुलनामा निकै स्वास्थ मानिन्छ। स्थानिय खुर्सानीमा पाइने सम्पूर्ण गुणहरु यस चाउचाउमा पाइने र कुनै मिसावट नभएकैले यसलाई धेरै मानिसहरुले रुचाएको देखिन्छ ।

नेपालमै उत्पादित खुर्सानीको प्रयोगबाट स्वस्थ्य चाउचाउ बजार सम्म पुर्याउँदै आएको करेन्टको बढ्दो बजार मागले गर्दा भविष्यमा अझै बढी किसानहरु लाभान्वित हुने देखिएको छ । यसले गर्दा धेरै बर्ष देखि बाँझो बसेका खेतहरु पनि प्रयोग हुने र निर्यात मार्फत देशको आर्थिक स्थितिमा निकै सुधार आउँने देखिन्छ।

नेपाली उत्पादन करेन्ट यसरी सबैमाझ परिचित हुनु देशको लागि एउटा गर्वको कुरा त हो नै अझै नेपालमै पसिना बगाउन चाहने किसानका लागि अवसर र व्यपार व्यवसाय गर्ने सोच राख्‍नेहरुका लागि एक उत्कृष्ट उदाहरण पनि हो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.