Advertisement

सुनको भाउमा लगातार वृद्धि, चाँदी पाँच दिनदेखि स्थिर

0 19

Advertisement

२६ वैशाख, काठमाडाैं । स्थानीय बजारमा सुनको भाउमा लगातार वृद्धि भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा भएको उतारचढावले नेपालमा सुनको भाउ वृद्धि भएको हो ।

मंगलबार सुनको भाउ १ लाख ११ हजार २ सय रुपैयाँ कायम गरिएको छ । सुनको भाउ सोमबार १ लाख १० हजार ९ सय रुपैयाँ निर्धारण गरिएको थियो ।

मंगलबार सुन ३ सय रुपैयाँले वृद्धि भएको हो । सोमबार पनि छापावाला सुन ३ सय रुपैयाँले नै वृद्धि भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १० हजार ६५० रुपैयाँ तोकिएको छ । तेजाबी सुन सोमबार प्रतितोला १ लाख १० हजार ३५० रुपैयाँ तोकिएको थियो । आज तेजावी सुनको भाउ पनि ३ सय रुपैयाँले नै बढेको हो ।

यता सोमबार चाँदीको भाउमा भने कुनै पनि परिवर्तन नभएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको भाउ पाँच दिनदेखि स्थिर रहेको छ । बिहीबार प्रतितोला १ हजार ४४५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही भाउमा कायम भएको हो ।

अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस २ हजार २५ दशमलव ४८ पैसामा कारोबार भइरहेको छ भने चाँदी २५ रुपैयाँ ६४ पैसामा कारोबार भइरहेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.