Advertisement

बालुवाटारमा शीर्ष नेताको बैठक सुरु

0 11

Advertisement

२६ वैशाख, काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक बालुवाटारमा सुरु भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली बालुवाटारमा रहेका छन्।

उनीहरुका बीचमा बजेट र सरकारको आगामी नीति तथा कार्यक्रम तथा अन्य समसामयिक विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बिहान साढे ९ बजेदेखि बालुवाटारमा शीर्ष नेताहरुको बैठक बसिरहेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले बताए। उनीहरुको बीचमा संसदीय सुनुवाइ समिति गठन, भुटानी शरणार्थी प्रकरणको अनुसन्धान र संसदमा देखिएको बहसका विषयमा छलफल हुने बताइएको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.