Advertisement

रुसका तेल भण्डारमा युक्रेनको आक्रमण, १० ठुला तेल भण्डार ध्वस्त पारेको युक्रेनको दाबी

0 27

Advertisement

२२ वैशाख, काठमाडौं। युद्धरत रुस र युक्रेनका बिचमा थप तनाव बढेको छ । रुसको राष्ट्रपति भवनमा ड्रोन आक्रमणको प्रयास भएको केही समयमा नै युक्रेनले रुसका तेल भण्डारहरूसमेत आक्रमण गरे पछि तनाव बढ्दै गएको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार युक्रेनले रुसका तेल भण्डारहरूमा ड्रोन (क्षेप्यास्त्र) आक्रमण गरेर केही भण्डारण क्षेत्रलाई ध्वस्त बनाएको र यसरी गरिएको आक्रमण पछि रुसी तेल भण्डार तथा गोदाम क्षेत्रबाट धुवाँको ठुला ठुला मुस्लो उठेको थियो ।

युक्रेनको गुप्तचर संस्थाका प्रवक्ता एन्ड्री युसोभले आफ्नो राजधानी कीभलगायका क्षेत्रमा आक्रमण गरेर युक्रेनी नागरिकको निहत्था हत्या गरेको बदला लिनका लागि जवाफमा रुसका तेल भण्डारहरूमा आक्रमण गरी ध्वस्त बनाइएको बताए ।

उनका अनुसार ४० हजार टन तेल भरिएका १० वटा ठुला तेल भण्डार माथि आक्रमण गरी ध्वस्त बनाइएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.