Advertisement

अस्ट्रेलिया पठाइदिन्छु भनी ३० लाख ठगी, एक जना पक्राउ

0 24

Advertisement

१७ वैशाख, काठमाडौ । प्रहरीले अस्ट्रेलिया पठाइदिन्छु भन्‍दै रकम ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको ‍छ ।

पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका-४ घर भई हाल काठमाडौं महानगर १ लाजिम्पाटमा बस्‍ने २७ वर्षीय सञ्‍जय रेग्मी रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले उनलाई काठमाडौंको दरवारमार्गबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशि रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ ।

उनले पीडितसँग ३० लाख रुपैयाँ रकम लिई सम्पर्कविहीन भएको प्रहरीको आरोप छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.