Advertisement

ऋण तिर्न डेढ अर्बको हकप्रद बेच्ने शिव श्री हाइड्रोपावरकाे निर्णय

0 18

Advertisement

१७ वैशाख, काठमाडाैं । शिव श्री हाइड्रोपावरले आयोजना निर्माणका लागी लिएको बैंक ऋण भुक्तानी गर्नका लागि डेढ अर्बको हकप्रद निष्काशन गर्ने भएकाे छ ।

कम्पनीको सञ्चालक समितिको बैठकले विद्यमान सेयरधनीहरूबाट हकप्रद सेयर निष्काशन गरी रकम संकलन गरी ऋण भुक्तानी गर्ने निर्णय गरेको हो । कम्पनीको बैशाख १४ गते बिहीबार बसेको बैठकको निर्णय अनुसार चुक्ता पुँजीको शतप्रतिशत अर्थात १ः१ अनुपातमा सेयर निष्काशन गर्ने निर्णय गरेको छ । जसअनुसार कम्पनीले चुक्ता पुँजी बराबरले हुन आउने १ अर्ब ४७ कराेड ६४ लाख रूपैयाँ बराबरकाे हकप्रद बिक्री गर्नेछ ।

सञ्चालक समितिको बैठकले गरेकाे हकप्रद जारी गर्ने निर्णय नियामक निकाय विद्युत नियमन आयोगबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात मात्र अगाडि बढ्नेछ ।

कम्पनीले सिन्धुपाल्चोकमा रहेकाे चाँकु खोलामा २२.२० मेगावाट क्षमताको माथिल्लाे चाकु खोला ’ए’ जलविद्युत आयोजना निर्माण गरी २०७८ जेठदेखि नियमित रूपमा विद्युत उत्पादन गर्दै आएकाे छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमास अर्थात पुससम्ममा कम्पनीले १३ करोड ६ लाख नोक्सानी व्यहोरेको छ । कम्पनीको ३ अर्ब ९८ करोड दीर्घकालीन कर्जा रहेको छ । साेही तिर्न कम्पनीकाे आम्दानीले अपुग हुने भएपछि सेयरधनीलाइ हकप्रद बेचेर ऋण तिर्ने निर्णय कम्पनीले गरेकाे हाे ।

कम्पनीको साधारण लगानी फिर्ता हुने अवधि झण्डै ८ वर्षको छ भने डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १६ वर्षको छ । कम्पनीले आयोजना निर्माणको लागि ऋणबाट ६४ प्रतिशत र सेयर पूँजीबाट ३६ प्रतिशत संकलन गरेको छ ।

चालु आवको दोस्रो त्रैमाससम्म शिव श्री हाइड्रोपावरको प्रतिसेयर नेटवर्थ ६७ रुपैयाँ मात्र रहेको छ । यसको मतलव कम्पनीमा अंकित मूल्यमा लगानी गरेका सेयरधनीको सम्पत्ति प्रतिकित्ता ३३ रुपैयाँ गुमेको अवस्था रहेको छ । यस अवधिमा कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १७ रुपैयाँ ६९ पैसा ऋणात्मक रहेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.