Advertisement

रास्वपा सांसदको पीए बन्न ११६ जनाको आवेदन

0 19

Advertisement

०६ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको सांसद निशा डाँगीको स्वकीय सचिव (पीए) बन्नका लागि ११६ जनाले आवेदन दिएका छन्।

सांसद डाँगीले आफ्ना लागि स्वकीय सचिव आवश्यक रहेको भन्दै गत चैत १६ गते सार्वजनिक सूचना जारी गरेकी थिइन्। ७ दिनभित्र आवेदन दिन भनिएको सूचनाअनुसार ११६ जनाले आवेदन दिएका सांसद डाँगीले जानकारी दिएकी छन्।

आवेदन दिएका ११६ जनामध्येबाट ३५ जनालाई प्रारम्भिक चरणका लागि छनोट गरिएको थियो। जसमध्ये १९ जनाले लिखित परीक्षा र अन्तर्वार्तामा सहभागिता जनाएको सांसद डाँगीको भनाइ छ।

लिखित परीक्षा र अन्तर्वार्तामा सहभागी भएकामध्ये पर्वतको राम्जा देउराली घर भएकी सुस्मिता क्षेत्री छनोट भएकी डाँगीले जानकारी दिएकी छन्। विराटनगर घर भएकी अपेक्षा सुवेदी र कास्कीको पोखरा घर भएकी कविता आचार्य वैकल्पिक उम्मेदवारमा सीमित भए।

छनौट प्रक्रिया लिखित, मौखिक र प्रयोगात्मक कम्प्युटर टेस्ट परीक्षा माध्यमबाट गरिएको सांसद डाँगीले जानकारी दिएकी छन्। प्रयोगात्मकअन्तर्गत कम्प्युटर टेस्ट परीक्षाका लागि वर्ड एप्लिकेसन, ईमेल, नेपाली टाइपिङ लगायतको दक्षता हेरिएको थियो। लिखितमा वर्तमान राजनीतिक एवं समसामयिक विषय उपरको लेखन क्षमतालाई हेरिएको डाँगीले जनाएकी छन्।

उम्मेदवार छनौट गर्दा शैक्षिक पृष्ठभूमि, कानुन, समसामयिक विषयको जानकारी, सामाजिक, राजनीतिक ज्ञान तथा कार्यअनुभव, नेतृत्व गर्ने क्षमता, काम गर्ने उत्प्रेरणा, प्राविधिक सीप, समस्या समाधानको सीप, कार्य तत्परता र सिर्जनशीलताको आधारमा मूल्यांकन गरिएको डाँगीले उल्लेख गरेकी छन्।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.