Advertisement

भारतमा १० हजार ७५३ सङ्क्रमित थपिए

0 32

Advertisement

०२ वैशाख, एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा कोभिड–१९ का १० हजार ७५३ नयाँ सङ्क्रमित थपिएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । हालसम्म देशभर कोभिडका सक्रिय केसहरूको सङ्ख्या बढेर ५३ हजार ७२० पुगेको छ ।

पछिल्लो २४ घण्टामा सङ्क्रमणका कारण २७ जनाको मृत्यु भएको छ । हालसम्म देशभर कोभिड–१९ बाट मृत्यु हुनेको सङ्ख्या ५ लाख ३१ हजार ९१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा सबैभन्दा बढी दिल्लीमा मृत्यु भएको छ । दिल्लीमा ६ जनाको मृत्यु भएको छ भने महाराष्ट्रमा ४ जनाको मृत्यु भएको छ ।

त्यस्तै राजस्थानमा तीन र छत्तीसगढ, गुजरात, हरियाणा, हिमाचल प्रदेश, जम्मू कश्मीर, मध्य प्रदेश, उत्तराखण्ड र उत्तर प्रदेशमा एक–एक जनाको मृत्यु भएको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयको जानकारी अनुसार दैनिक सङ्क्रमण दर ६.७८ पुगेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.