Advertisement

सामुदायिक विद्यालयलाई कुनै पनि शुल्क नलिन काठमाडौं महानगरको आग्रह

0 16

Advertisement

३० चैत, काठमाडाैं । काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयहरूलाई कुनै पनि शुल्क नलिन आग्रह गरेको छ ।

महानगरका शिक्षा अधिकारी रामप्रसाद सुवेदीले महानगरभित्रका सामुदायिक विद्यालयहरूलाई कुनै पनि शुल्क नदिन आग्रह गरेको जानकारी दिनुभयो ।

शिक्षा ऐन, २०२८ (संशोधन सहित) को दफा १६ (घ) को उपदफा (क) मा कुनै अभिभावकले आफ्नो इच्छाले सामुदायिक विद्यालयलाई दिएको दान, उपहार, चन्दा वा सहयोग लिन सकिनेछ भन्ने व्यवस्थाको गलत प्रयोग गर्दै कतिपयले विद्यालयले अभिभावकबाट शुल्क असुलेको भन्दै महानगरले कुनै पनि शुल्क नलिन आग्रह गरेको हो ।

अभिभावकसँग सहयोगका नाममा निजको इच्छा विपरीत रकम लिएको पाइएमा कडा कारबाही गरिने महानगरले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.