Advertisement

सरकारले २२ अर्ब ४६ करोड आन्तरिक उठाउँदै

0 15

Advertisement

२७ चैत, काठमाडाैं । नेपाल राष्ट्र बैंकले सरकारका लागि आन्तरिक उठाउन आज २२ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने भएको छ ।

बैंकले २८ दिन अवधिको ३ अर्ब, ९१ दिन अवधिको ८ अर्ब रुपैयाँ, १८२ दिन अवधिको ६ अर्ब ४६ करोड रुपैयाँ र ३६४ दिन अवधिको ५ अर्ब रुपैयाँ गरी कुल २२ अर्ब ४६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्न लागेको हो।

राष्ट्र बैंकका अनुसार २८ दिन अवधिको ट्रेजरी २०८० बैशाख २६ गते, ९१ दिन अवधिको ट्रेजरी २०८० असार २६ गते, १८२ दिन अवधिको २०८० असोज २३ गते र ३६४ दिन अवधिको ट्रेजरी २०८० चैत २७ गते परिपक्व हुनेछ ।

यसअघि बैंकले २८ दिन अवधिको ४ अर्ब, ९१ दिन अवधिको ७ अर्ब ७५ करोड रुपैयाँ, १८२ दिन अवधिको ५ अर्ब ३० करोड रुपैयाँ र ३६४ दिन अवधिको ११ अर्ब रुपैयाँ गरी कुल २८ अर्ब ५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको थियो ।

ऋणपत्रको बोलकबोल अनलाइनमार्फत दिउँसो ३ बजे खुला हुने राष्ट्र बैंकले जनाएको छ । बोलकबोलमा सहभागी हुने क, ख र ग वर्गका बैंक, अन्य वित्तीय संस्था, गैह्रबैंक तथा वित्तीय संस्थालगायतमध्ये सर्वाधिक अङ्ग कबोल गर्नेलाई राष्ट्र बैंकले मङ्गलबार ट्रेजरी बिल जारी गर्नेछ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.