Advertisement

सत्ता साझेदार जनमोर्चाले भन्यो– न्यूनतम साझा कार्यक्रममा सहमति छैन

0 20

Advertisement

२४ चैत, काठमाडौं । सत्ता गठबन्धनभित्र रहेको राष्ट्रिय जनमोर्चा पार्टीले सरकारले बिहीबार पेस गरेको न्यूनतम साझा कार्यक्रममा आफ्नो हस्ताक्षर र सहमति नभएको प्रष्ट पारेको छ।

जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै दश दलका प्रमुखहरूको हस्ताक्षर भइ जारी गरिएको सरकारको न्यूनतम साझा कार्यक्रममा आफ्नो डिजिटल हस्ताक्षर रहेको उल्लेख गरेका छन्। र, यसमा गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।

दश दलद्वारा जारी गरिएको सरकारको न्यूनतम साझा कार्यक्रममा संघीयता, संक्रमणकालीन न्याय तथा नागरिकताका लगायतका विषयमा जनमोर्चाका कैयौं गम्भीर प्रकारका मतभेदहरू रहेको केसीले बताएका छन्।

‘संघीयता, मानव अधिकारको गम्भीर उल्लंघनकर्ताहरूलाई सजायको दायरामा ल्याउन संक्रमणकालीन न्यायसँग सम्बन्धित ऐनलाई परिमार्जन गर्नुपर्ने, नागरिकता विधेयकमा भएका राष्ट्रघाती प्रावधानका विरुद्ध हामीले लगातार लामो समयदेखि संघर्ष गर्दै आएका छौं’, केसीले भनेका छन्, ‘विगत पाँच दलीय गठबन्धनको सरकार गठनको क्रममा पनि जारी गरिएको न्यूनतम साझा कार्यक्रमप्रति हामीले त्यही नीति अपनाएका थियौं। पाँच दलीय सरकारद्वारा जारी गरिएको न्यूनतम साझा कार्यक्रममा हामीले हस्ताक्षर गरेका थिएनौं।’



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.