Advertisement

गुराँस लाइफ इन्स्योरेन्सको सेयरमूल्य समायोजन

0 39

Advertisement

२३ चैत, काठमाडाैं । गुराँस लाइफ इन्स्योरेन्सको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा चैत २३ गते बिहीबार सेयर मूल्य समायोजन भएको छ । कम्पनीको १३.२७ प्रतिशत बोनस सेयरको बुकक्लोजसँगै कम्पनीको सेयरमूल्य समायोजन भएको हो ।

इन्स्योरेन्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बिहीबार बुकक्लोज गरेको हो । नेप्सेले बोनस समायोजन पछि इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता ३६९ रुपैयाँ ४७ पैसा तोकेको छ ।

बुधबार कारोबार भएको अन्तिम मूल्यलाई आधार मानेर इन्स्योरेन्सको सेयरमूल्य समायोजन गरिएको हो । इन्स्योरेन्सको सेयर बुधबार अन्तिम पटक प्रतिकित्ता ४१८ रुपैयाँ ५० पैसामा खरिद बिक्री भएको थियो ।

इन्स्योरेन्सले लाभांश र युनियन लाइफ र प्राइम लाइफ इन्स्योरेन्ससँगको मर्जर प्रस्ताव सहितका अन्य प्रस्तावहरु पारित गर्न बैशाख ६ गते १३ औं वार्षिक साधारण सभा बोलाएको छ । सभा कम्पनी प्रधान कार्यालय श्रीराज भवन, तिनकुने काठमाडौंमा बिहान १०ः३० बजेदेखि सुुरु हुनेछ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.