Advertisement

राजस्व संकलन विस्तारै सुधार हुँदै छ: अर्थसचिव राय

0 86

Advertisement

२३ चैत, काठमाडाैं । अर्थसचिव तोयम रायले राजस्व संकलन सुधारोन्मुख भएको बताएका छन्।

नेपाल डेभपलमेन्ट अपटेड (अप्रिल २०२३) को बुधबार सार्वजनिक कार्यक्रममा उनले चालु आर्थिक वर्षको पहिलो महिनादेखि सुस्त रहेको राजस्व संकलन सुधारोन्मुख रहेको बताए।

“हामीले राजस्व संकलन विस्तारै सुधार हुने आशा गरेका छौ। यो वर्ष पर्यटन, कृषि रेमिट्यान्स तथा जलविद्युत क्षेत्रमा राम्रो सुधार भइरहेकाले अर्थतन्त्रलाई त्यसले सकारात्मक बनाउने छ”सचिव रायाले बताए ।

‘हामीले अझै पनि आन्तरिक रुपमा वित्तीय दबाब छ । मुलुकले यो चुनौती सामना गर्न सक्छ भन्ने कुरामा म विश्वास गर्छु,’ उनले भने ।

दक्षिण एसियाका सबै मुलुकमा विगत १८ महिनादेखि औद्योगिक उत्पादनमा सुस्ती आएको नेपाल श्रीलंका तथा माल्दिभ्सका लागि विश्व बैंकका देशीय निर्देशक फारिस हदाद जर्वोसले बताए । ‘भारतमा नै पनि गत वर्षको जुनदेखि डिसेम्बरका बिचमा उत्पादनमूलक क्षेत्र २ प्रतिशतले संकुचन आएको विश्वबैंकको साउथ एसिया इकोनोमिक फोकसले देखाएको छ,’ उनले भने।

बाह्य क्षेत्रको समस्या समाधान गर्न श्रीलंका, बंगलादेश तथा पाकिस्तानले आइएमएफको सहयोग लिएका छन् । नेपालमा पनि आइएमएफको कार्यक्रमका लागि छलफल भइरहेको उनले बताए।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.