Advertisement

सामुदायिक रेडियोले श्रम संस्कृतिलाई प्रोत्साहन गर्नुपर्छः राष्ट्रपति पौडेल

0 35

Advertisement

११ चैत, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सामुदायिक रेडियोहरूले नागरिकलाई श्रमप्रति सम्मानको भावना जगाउने गरी सामग्री प्रसारणमा जोड दिएका छन् ।

सामुदायिक रेडियो प्रसारक संघ (एकोराब) नेपालको कार्यसमितिसँग शनिबार शीतलनिवासमा भेट गर्दै राष्ट्रपति पौडेलले श्रम संस्कृतिलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिएका हुन् । ‘८ कक्षा, एसएलसी उत्तीर्ण हुनासाथ काम गर्नुहुँदैन भन्ने भावनाको विकास भइरहेको छ,’ उनले भने, ‘श्रम गर्नु राम्रो हो, यसले तन र मन दुवैलाई स्वस्थ बनाउँछ भन्ने भावना विकास हुनेगरी सामुदायिक रेडियोले काम गर्नुपर्छ ।’

उनले देशका कुना कन्दरासम्म फैलिएर रहेका सामुदायिक रेडियोहरूले नागरिकको सूचनाको लागि महत्वपूर्ण काम गरिरहेको बताए ।

संघका अध्यक्ष अर्जुन गिरीले राष्ट्रपति पौडेललाई सफल कार्यकालको शुभकामना दिँदै सामुदायिक रेडियोहरूको पनि अभिभावक बन्न आग्रह गरे ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.