Advertisement

दुईवटा ट्रक ठोक्किँदा धनुषामा तीन जनाको मृत्यु

0 85

Advertisement

११ चैत, धनुषा । धनुषामा दुईवटा ट्रक एकापसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ।

शनिबार बिहान मिथिला नगरपालिका–३ हरिहरपुरमा ट्रक दुर्घटनामा परेर तीन जनाको घटनास्थलमै मृत्यु भएको हो।

पूर्वबाट पश्चिमतर्फ छुटेको गरेको ना ६ ख ६५७८ नम्बरको ट्रक र विपरित दिशाबाट छुटेको प्रदेश १- ०१–००१ ख ९२९२ नम्बरको ट्रक एकआपसमा ठोक्किएका थिए।

मृत्यु हुनेमा सुनसरीका २८ वर्षीय सागर चौधरी, अर्जुन चौधरी र मोरङका ४४ वर्षीय लोकमान रहेका धनुषाका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए। सागर ट्रकका चालक र अर्जुन सहचालक हुन्।

दुर्घटनामा सर्लाहीका २० वर्षीय नारायण श्रेष्ठ घाइते भएका छन्। उनको ढल्केवर अस्पतालमा उपचार भइरहेको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.