Advertisement

तनहुँमा सोलार लिफ्ट सिँचाइ योजना

0 69

Advertisement

२९ फागुन, तनहुँ । जिल्लाको शुुक्लागण्डकी र भीमाद नगरपालिकामा सोलार लिफ्ट सिँचाई योजना सम्पन्न भएको छ । शुक्लागण्डकी–१० को लोकेतिटार र भीमाद–७ को सिस्नेरी ठूलो फाँटमा सोलारका माध्यमबाट पानी लिफ्ट गरी सिँचाइको व्यवस्था गरिएको हो ।

योजना निर्माण सम्पन्न गरी सञ्चालनका लागि उपभोक्तालाई हस्तान्तरण गरिएको जलस्रोत सिँचाइ विकास डिभिजन कार्यालयका डिभिजन प्रमुख रमेशराज शर्माले जानकारी दिए । उनका अनुसार गण्डकी प्रदेश सरकारको सहयोगमा लोकेतिटारमा एक करोड २९ लाख र सिस्नेरीमा ७९ लाखको लागतमा योजना निर्माण सम्पन्न भएको हो ।

लोकेतिटारमा २३ र सिस्नेरीमा २७ धारा निर्माण गरी सिँचाइको व्यवस्था मिलाइएको निर्माण कम्पनी अकलादेवी कन्स्ट्रक्सन एण्ड कन्सल्टटेन्सी प्रालिका प्रतिनिधि सुजन सुवेदीले बताए । उनका अनुसार उक्त दुुई स्थानमा गरी करिब आठ सय रोपनी क्षेत्रफलमा सिँचाइ गरिने छ ।

सिँचाइ योजनाबाट शुक्लागण्डकीमा तीन सय र भीमादका दुई सय बासिन्दा लाभान्वित हुने छन् । बासिन्दालाई उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले सिँचाइ योजनाका लागि प्रदेश सरकारले बजेट विनियोजन गरेको हो ।

योजनाको निर्माण सम्पन्न भएर उपभोक्तालाई हस्तान्तरण गरिए पनि कार्यालयबाट जाँच गरी बाँकी रकम भुक्तानी गरिने जलस्रोत सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख शर्माले बताए । उनका अनुसार सतहमा पानी भएका स्थानमा कुलो, नहरबाट र सतहमा पानी नभएका स्थानमा सोलार लिफ्टमार्फत सिँचाइको व्यवस्था मिलाइएको छ ।

स्थानीय क्याङ्दी खोलामा सम्पवेल निर्माण गरी ७० मिटर उचाइमा लिफ्टमार्फत दुई वटा ट्याङ्कीमा पानी सङ्कलन गरी लोकेतिटारमा सिँचाइको योजना सम्पन्न गरिएको छ । उक्त क्षेत्रमा करिब चार किमी पाइप विच्छ्याएर प्लट–प्लटमा पानीको धारा जडान गरी सुचारु गरिएको जलस्रोत सिँचाइ विकास डिभिजन कार्यालयले जनाएको छ ।

सिस्नेरीफाँटमा जमिन भन्दा ७० मिटर गहिराइमा खनिएको बोरिङबाट पानी लिफ्ट गरी एउटा ट्याङ्कीमा सङ्कलन गरेर सिँचाइको व्यवस्था मिलाइएको छ । उक्त योजनाअन्तर्गत तीन किलोमिटर पाइप विच्छ्याइएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.