Advertisement

अभिनेत्री भुवन चन्दलाई सोसल मिडिया कलाकर्मी सम्मान, छोटो फिल्म ‘बेलुन’ सर्वोत्कृष्ट

0 72

Advertisement

२९ फागुन, काठमाडौं । वरिष्ठ अभिनेत्री भुवन चन्द ‘सोसल मिडिया कलाकर्मी सम्मान २०७९’बाट सम्मानित भएकी छन् । चलचित्र विकास बोर्डमा सोमबार आयोजित समारोहमा उनलाई सम्मान प्रदान गरिएको हो । बोर्ड अध्यक्ष भुवन केसी, वरिष्ठ निर्देशक यादव खरेल लगायतले उनलाई सम्मान प्रदान गरे ।

कला निर्देशक निर्जल श्रेष्ठलाई कला सम्मान र पत्रकार पारसमणि पौडेल पत्रकारिता पुरस्कारबाट सम्मानित भए । ड्रिमवल्र्ड अफ फिल्म मेकर्सले आयोजना गरेको अवार्डमा ‘बेलुन’ सर्वोत्कृष्ट छोटो फिल्म घोषित भएको छ । यो फिल्मले सशस्त्र द्वन्द्वकालको कथावस्तु पेस गर्छ ।

उत्कृष्ट युट्युब भिडियो भ्लग, उत्कृष्ट निर्देशक, ध्वनि संयोजक, अभिनेता, सम्पादक, निर्देशक, अभिनेत्रीलगायत गरी अन्य २२ विधामा अवार्ड प्रदान गरियो । समाज परिवर्तनमा योगदान दिने विषयवस्तु समेटिएका छोटा फिल्म र वृत्तचित्रलाई प्राथमिकता दिइएको कार्यक्रम निर्देशक शवनम मुखियाले बताइन् । फोटोग्राफर राजभाइ सुवाल, फिल्म निर्देशक प्रणय लिम्बू, सञ्चारकर्मी आरती चटौत निर्णायकको रुपमा थिए ।

पुरस्कृत हुनेको सूची:

उत्कृष्ट छोटो फिल्म – बादलको गीत

उत्कृष्ट निर्देशक – अंकित पौडेल (बादलको गीत)

उत्कृष्ट सम्पादक – दीपेन्द्र मल्ल, आशिष भण्डारी (पेन्सिल)

उत्कृष्ट स्क्रिनप्ले – बालोन (जोन योन्जोन)

उत्कृष्ट सिनेम्याटोग्राफर – राजेन्द्र पाल (भविहिन)

उत्कृष्ट ध्वनि डिजाइन – किशोर आचार्य (बादलको गीत)

उत्कृष्ट अभिनेता -हिमाल खड्का (पेन्सिल)

उत्कृष्ट अभिनेत्री – काव्य आचार्य (रत्नपार्क)

उत्कृष्ट स्वदेशी फिल्म – के (सागर केरुङ)

उत्कृष्ट दस्तावेज – लाडी पूजा (बिन्दुकुमारी माझी)

बेस्ट युट्युब भिडियो – कोरोना हर्णेदेवी (अशोक बस्नेत)

उत्कृष्ट एनिमेटेड भिडियो – स्याल र सिंहको कथा (विशाल लोहनी)

उत्कृष्ट देशभक्ति संगीत भिडियो – एक्स ब्यान्ड, माटोपानी (शिव मुखिया)

सर्वश्रेष्ठ सामाजिक भिडियो – राहराई भो (उत्सव केसी)

प्रोत्साहन पुरस्कार – छोरी (सुरेन्द्र थापा)

उत्कृष्ट चलचित्र निर्माता महिला – गंगा (मेरोनराज भण्डारी)

उत्तम सन्देश – कलुवा (अम्बिका भण्डारी)

क्रिएटिभ फिल्म अफ द इयर – बेलुन (जोन योञ्जन)

जुरी पुरस्कार – नफुलेको फूल

जुरी अवार्ड (स्वदेशी फिल्म) – मोहिनी नखा

उत्कृष्ट चलचित्र बाल विषयवस्तु – पेन्सिल



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.