Advertisement

न्याय सम्पादनपूर्व विस्तृत बहस आवश्यक छः महान्यायाधिवक्ता पोखरेल

0 46

Advertisement

१७ फागुन, काठमाडौं । महान्यायाधिवक्ता डा दिनमणि पोखरेलले अदालतबाट हुने न्याय सम्पादनपूर्व विस्तृत बहसको आवश्यकता रहेको बताएका छन्।

कानुन व्यवसायी क्लब काठमाडौं तथा शंकरलाल केडिया फाउण्डेशनको सम्मान तथा पुरस्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले अदालतबाट हुने न्यायलाई कानुन विद्यालयमा अध्ययन गराउनयोग्य किसिमबाट न्याय सम्पादन गर्न जरुरी रहेको बताए।

उनले विद्यालयहरुमा प्रोफेसरहरुले अध्ययन गराउँदा गरेका प्रतिक्रियाहरुबाट न्यायाधीशहरुले आफूले गरेको निर्णयको पुनरावलोकन गर्ने गरेको उल्लेख गर्दै त्यसै किसिमबाट नेपालमा पनि न्याय सम्पादन हुन जरुरी रहेको बताए।

महान्यायाधिवक्ता पोखरेलले छिमेकी देश भारतमा न्याय सम्पादन गर्दा कुनै विषयमा एक वरिष्ठ अधिवक्ताले निरन्तर २१ दिनसम्म बहस गर्ने र त्यसका आधारमा मात्रै न्यायाधीशहरुले फैसला गर्ने गरेको स्मरण गर्दै त्यस्ता नजिरहरुलाई ध्यानमा राखेर न्याय सम्पादन गर्नुपर्ने बताए।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.