Advertisement

ईङवा हाइड्रोपावरले फागुन २१ गतेदेखि आईपीओ निष्कासन गर्दै

0 43

Advertisement

१४ फागुन, काठमाडाैं । ईङवा हाइड्रोपावर लिमिटेडले फागुन २१ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले पहिलो चरणमा आफ्नो जारी पूँजीको ६ लाख कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि र १ लाख २० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गर्न लागेको हो ।

आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्कासन गरिने सेयरमा ताप्लेजुङ्ग जिल्लको सिदिङ्गवा गाउँपालिका वडा नं। ३, पाँचथर जिल्लाको याङवरक गाउँपालिका वडा नं. २ र वडा नं. ३ का बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन पाइने छ भने अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन पाइने छ ।
कम्पनीको आईपीओमा प्रभावित क्षेत्रका बासिन्दाहरुले आगामी चैत ८ गतेसम्म आवेदन दिन सक्नेछन् वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले चैत ५ गतेसम्म म्म आवेदन दिन सक्नेछन् ।

कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा नेपाल एसबिआई बैंकिङ्ग लिमिटेड रहेको छ। आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

कहाँबाट भर्न सकिन्छ ?

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले विकास गरेको मेरो सेयरको मोबाइल एप, मेरो सेयर सफ्टवेयर तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि-आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले नेपाल एसबिआई बैंक, सिद्धार्थ बैंक, लक्ष्मी बैंक, सिभिल बैंक, सप्तकोशी विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

कम्पनीको बारेमा

कम्पनीले प्रबर्धन गरिरहेको माथिल्लो इङ्वाखोला साना जलविद्युत आयोजना (९.७ मेगावाट) को प्रति मेगावाट लागत निर्माण अवधिको ब्याजसहित २० करोड १० लाख ३० हजार ९०० रुपैयाँ रहेको छ ।

चालु आवकोे पुस मसान्तसम्म कम्पनीको सञ्चित नोक्सानी १ करोड १५ लाख २० हजार रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ०.०३ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ९७ रुपैयाँ २५ पैसा रहेको छ । आगामी तीन आर्थिक वर्षपछि २०८१।८२ सम्म कम्पनीले सञ्चित नाफा २१ करोड १५ लाख ७१ हजार रुपैयाँ पु¥याउने प्रक्षेपण गरेको छ । सो अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ८८ पैसा र प्रतिसेयर नेटवर्थ १३५ रुपैयाँ २६ पैसा कायम गर्ने लक्ष्य रहेको छ ।

आयोजनाको कुल अनुमानित लागत भने १ अर्ब ९५ करोड रुपैयाँ रहेको छ । आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र बहा अवधि ३१ वर्ष बाँकी रहेको छ। आयोजनाको लगानी फिर्ता हुने अवधि ५.५५ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि ९.४० वर्ष रहेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.