Advertisement

समीकरण बदल्ने हाम्रो चाहना होइन : श्रेष्ठ

0 20

Advertisement

४ फागुन, काठमाडौं । उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठले सत्ता समीकरण बदलिहाल्ने आफूहरुको चाहना नभएको बताएका छन् । तर राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसलाई समेत समेट्ने गरी सहमति खोज्न चाहेको बताए ।

बिहीबार सुर्खेतमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै माओवादी वरिष्ठ उपाध्यक्षसमेत रहेका श्रेष्ठले समीकरण बदल्ने आफूहरुको चाहना नभएको र आफूहरुका कारण यो परिस्थिति सिर्जना नहुने बताए ।

तर प्रधानमन्त्रीले विश्वासको मत माग्दै अधिकांश दलले मत दिएकाले राष्ट्रपति निर्वाचनमा पनि राष्ट्रिय सहमति चाहेको उनले बताए । श्रेष्ठले अगाडि भने, ‘राष्ट्रपति चयनका सन्दर्भमा पनि प्रमुख प्रतिपक्षलाई समेत विश्वास लिएर राष्ट्रिय सहमतिको वातावरण अझ सुदृढ गर्ने गरी अगाडि बढ्नु सान्दर्भिक हुन्छ ।’

केही दलले त गठबन्धन भत्काउन खोजिएको भनेका छन् नि भन्ने प्रश्नमा उनले कसैले चाहेर मात्र गठबन्धन नभत्किने बताए । सरकार चलाइरहेका दलहरुले सही दृष्टिकोण, नीति र कदम चालेर विश्वासको वातावरण बनाइराख्नुपर्ने भन्दै उनले भने, ‘तर प्रतिगमनलाई कुनै हालतमा अघि बढ्न दिन चाहनौं ।’

राष्टियताको रक्षा, समृद्धि र शान्ति प्रक्रियाका बाँकी काम आफूहरुको प्राथमिकता भएको उनले बताए । उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री श्रेष्ठले भने, ‘यसलाई पूरा गर्ने गरी अघि बढ्यौं भने बाहिरबाट कसैले चाहेर मात्र केही हुन्न । यसो गर्न सकिएन भने हामीले चाहँदैमा वा नचाहँदैमा केही हुन्न ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.