माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै
१९ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै छ। बैठक बिहीबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने नेकपा माओवादी केन्द्रले जनाएको छ।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, गृह मन्त्रालयको जिम्मेवारी र आगामी राष्ट्रपतिको निर्वाचनका बारेमा छलफल हुने बताइएको छ।
बुधबार बस्ने भनिएको स्थायी कमिटीको बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्य व्यवस्तताका कारण स्थगित गरिएको थियो।