Advertisement

९ किलो सुनसहित त्रिभुवन विमानस्थलबाट क्यानडेली नागरिक पक्राउ

0 31

Advertisement

१९ माघ, काठमाडौं । बुधबार राति त्रिभुवन विमानस्थलबाट ९ किलो सुनसहित एक जना क्यानडेली नागरिक पक्राउ परेका छन्।

दुबईबाट जहाजमा आएका यूएई मूलका क्यानडेली नाथगरिक मोहमद कमल मोहगोबलाई सुनसहित विमानस्थल भन्सार कार्यालयले पक्राउ गरेको हो।

उनको साथबाट ९ किलो १३६ ग्राम अवैध सुन बरामद गरिएको छ। विमानस्थल भन्सार कार्यालयका प्रवक्ता यमराज पाण्डेका अनुसार मोहगोबले कम्मरमा फल्स बटन बनाएर आठवटा बिस्कुट आकारमा १ किलोभ्नदा बढी मात्राको सुन ल्याएका थिए।

साथै उनको साथबाट नीली आवरणमा रहेको वस्तु पनि बरामद गरिएको थियो। उक्त वस्तु पनि परीक्षणका क्रममा सुन भएको पाइएको छ। उनीमाथि थप अनुसन्धान भइरहेको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.