Advertisement

लोक गायक भीम पौडेलको मृत्युप्रति प्रधानमन्त्रीद्वारा दु:ख व्यक्त

0 21

Advertisement

१३ माघ, काठमाडौं । लोक तथा दोहोरी गायक भीम पौडेलको निधनप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दु:ख व्यक्त गरेका छन्। प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत दु:ख व्यक्त गरेका हुन्।

‘लोक तथा दोहोरी गायक भीम पौडेलको अल्पायूमै भएको दु:खद् निधनप्रति गहिरो दु:खसहित श्रद्धाञ्जली व्यक्त गर्दछु।

शोक सन्तप्त परिवार, आफन्त र शुभेच्छुकहरूमा गहिरो समवेदना प्रकट गर्दछु,’ प्रधानमन्त्रीले फेसबुकमा लेखेका छन्।

केही समयदेखि बिरामी रहेका गायक पौडेलको शुक्रबार बिहान आफ्नै घर स्यङ्जामा निधन भएको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.