Advertisement

दाङको टरिगाउँ विमानस्थलमा आजदेखि सीता एयरले उडान भर्दै

0 42

Advertisement

१३ माघ, तुलसीपुर । दाङको तुलसीपुर–१२ टरिगाउँस्थित विमानस्थलमा निजी विमानले पनि सेवा दिने भएका छन्। त्यसका लागि निजी विमान कम्पनी सीता एयरले आज (शुक्रबार) परीक्षण उडान गर्ने भएको छ।

तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीका अनुसार दिउँसो १ बजे सीता एयरको १९ सिटे विमानले परीक्षण उडान भर्ने भएको हो। ‘शुक्रबारदेखि निजी विमान पनि बस्ने भएको छ, सीता एयरले उडान भर्दैछ,’ उनले भनिन्, निजी विमान उडान सुरु भएपछि भाडा पनि सस्तो हुने हाम्रो अपेक्षा छ।’

ठूलो संघर्षपछि तुलसीपुरमा निजी विमानले सेवा दिन थालेको चौधरीले बताइन्।

अहिले धावनमार्गको डीपीआरको काम भइरहेको र त्यो सकेपछि तत्काल हालको धावनमार्गलाई विस्तार गरेर निजी कम्पनीका ठूला जहाजले पनि उडान भर्न सक्नेछन्।

तुलसीपुर उपमहानगरपालिकाले उपप्रमुख स्यानी चौधरीको नेतृत्वमा समिति नै बनाएर विमानस्थल विस्तारका लागि पहलकदमी अगाडि बढाएको छ।

हाल नेपाल वायु सेवा निगमको १९ सिटे ट्वीनअटर हप्तामा ४ दिन तुलसीपुरमा उडान भर्ने गरेको छ। आइबार, मङ्गलबार, बिहीबार र शनिबार उडान हुने गरेको हो।

हाल टरिगाउँमा इन्धन डिपो स्थापना भइ सञ्चालनमा पनि आइसकेको छ। तर भाडा भने घट्न सकेको छैन।

हाल दाङबाट काठमाडौंको न्यूनतम ८ हजार आठ सय १० र काठमाडौंबाट दाङको भाडा न्यूनतम ९ हजार बढीदेखि अधिकतम १२ हजारभन्दा बढी रहेको छ।

निजी विमान सञ्चालन भएसँगै भाडा घट्ने अपेक्षा गरिएको छ। साथै हाल रहेको ७५० मिटर लम्बाइ र ३० मिटर चौडाइ रहेको धावनमार्ग पनि विस्तार गर्न सकेमा ठूला जहाज बस्ने र भाडा पनि सस्तो हुने उपप्रमुख चौधरीको भनाइ छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.