Advertisement

माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दै 

0 28

Advertisement

१३ माघ, काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज (शुक्रबार) पनि बस्दैछ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा पार्टी एकता, संगठन विस्तार तथा राष्ट्रिय राजनीति (राष्ट्रपतिको निर्वाचन)का विषयमा छलफल हुने नेताहरुले जनाएका छन्। बैठक बिहान ११ बजेदेखि सुरु हुने कार्यतालिका छ।

यसअघि बिहीबार बसेको बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले आफ्नो नेतृत्वमा सरकार गठन भएपछिका घटनाक्रमबारे ब्रिफिङ गरेका थिए। बिहीबारको बैठकमा राष्ट्रपतिको निर्वाचनका विषयमा पनि छलफल भएको थियो।

माओवादी नेताहरुले राष्ट्रपति चयनमा राष्ट्रिय सहमति खोज्नुपर्ने बताउँदै आएका छन्।

विशेषगरी बाबुराम भट्टराई नेतृत्व नेपाल समाजवादी पार्टीसँगको एकीकरणलाई लिएर माओवादीमा छलफल जारी छ। बिहीबारको बैठकपछि सञ्चारकर्मीसँग बोल्दै माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले २ पार्टीबीचको एकता प्रक्रिया छिट्टै टंगिने बताएका थिए।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.