Advertisement

बैंकमा जम्मा गर्नुपर्ने रकम बाँडीचुँडी खाएको आरोपमा वीरगञ्जमा ३ जना पक्राउ

0 25

Advertisement

१२ माघ, काठमाडौं । बैंकमा जम्मा गर्न लगेको पैसा बाँडीचुँडी खाएर आपराधिक लाभ लिएको आरोपमा पर्सा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ।

पर्साको वीरगञ्ज महानगरपालिका–१० मा रहेको माँ दुर्गे मनि ट्रान्सफरबाट कृषि विकास बैंकमा जम्मा गर्न लगिएको ४ लाख १४ हजार ८०० रुपैयाँ बाँडीचुँडी लिएको आरोपमा प्रहरीले मनि ट्रान्सफरका कर्मचारीसमेत ३ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा वीरगञ्ज–१० का २२ वर्षीय आकाश साह, सोही ठाउँका वर्ष २२ कै सञ्जय साह र २१ वर्षीय महम्द सकिर मियाँ छन्।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता, प्रहरी नायव उपरीक्षक (डीएसपी) निर्मल बुढाथोकीका अनुसार मनि ट्रान्सफरका सञ्चालक विजय साह सर्राफले मंगलबार ३ जनालाई उक्त रकम कृषि विकास बैंक वीरगञ्ज शाखामा जम्मा गरी बैंक भौचर ल्याउन भनेर अह्राएका थिए। तर, उनीहरुले पैसा बैंकमा जम्मा नगरी आपसमा भागबण्डा लगाइ भागेका थिए।

सर्साफको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी निरीक्षक प्रज्वल थपलियाको कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरुलाई मंगलबार नै साँझ ५ बजे वीरगञ्जबाट पक्राउ गरेको हो। उनीहरुको साथबाट प्रहरीले २ लाख २३ हजार ५०० रुपैयाँ बरामद गरेको छ।

पक्राउ परेका ३ जनाविरुद्ध पर्सा जिल्ला अदालतबाट अपराधिक लाभसम्बन्धी कसुरमा ४ दिनको म्याद लिइ अनुसन्धान अगाडि बढाइएको डीएसपी बुढाथोकीले जानकारी दिए।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.