Advertisement

डीएसपी ठगबहादुरमाथि छानबिन गर्न समिति गठन 

0 59

Advertisement

२० पुस, काठमाडौं । नेपाल प्रहरीका नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीमाथि छानबिन गर्न प्रहरी प्रधान कार्यालयले समिति बनाएको छ।

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) चन्द्रकुवेर खापुङको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको नेपाल प्रहरीका प्रवक्ता तथा डीआईजी टेकप्रसाद राईले बताए।

इलाका प्रहरी कार्यालय बुटवलका निर्वतमान डीएसपी केसीको सरकारी निवासबाट प्रहरीले ३५ तोला सुन २५ लाख बरामद गरेको थियो।

व्यवसायीको सुनसमेत नियन्त्रणमा लिएर डीएसपी केसीले सुन फिर्ताका लागि भन्दै २५ लाख असुलेको पाइएपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले उनलाई नियन्त्रणमा लिएको थियो। सो क्रममा सुन र नगद तथा चेक बरामद भएका थिए।

त्यसपछि केसीलाई निलम्बनका लागि सिफारिस गरिएको थियो। र, पछि गृह मन्त्रालयले निलम्बनसमेत गरेको थियो।

उनै केसीमाथि थप कारबाही प्रक्रिया अघि बढाउने भन्दै समिति गठन गरिएको हो। समितिले छानबिन गरिसकेपछि फौजदारी कसुरमा मुद्दा चलाउनुपर्ने देखिएमा सोहीअनुसार प्रक्रिया अघि बढाइने प्रहरी प्रधान कार्यालयले जनाएको छ।

बर्दीको आडमा व्यवसायीबाट ‘लुटिएको’ सुन र नगद बरामद गर्दासमेत अहिलेसम्म केसीमाथि भने फौजदारी कसुरमा अनुसन्धान अघि बढाइएको छैन। प्रमाणसहित पक्राउ परेकाले केसीलाई फौजदारी कसुरमा हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने भए पनि अहिलेसम्म उनलाई विभागीय कारबाहीमात्रै गरिएको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.