Advertisement

खुमलटार पुगेर प्रचण्डलाई रामचन्द्र पौडेलको आग्रह : गठबन्धन नछाडिदिनुस्

0 89

Advertisement

९ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ ।

प्रचण्डलाई भेट्न नेता पौडेल उनकै निवास खुमलटार पुगेका थिए । त्यस क्रममा उनले प्रचण्डलाई सत्तारुढ गठबन्धन नछोड्न आग्रह गरेका उनीनिकट एक नेताले जानकारी दिए ।

प्रचण्डले सत्तारुढ गठबन्धनको सरकार बन्दा पहिलो पालोमा आफू प्रधानमन्त्री बन्न पाउनुपर्ने अडान राखिरहेका छन् । पौडेलले भने पहिलो पालोमै वा पछि जहिले भए पनि अहिलेको सत्तारुढ गठबन्धनबाटै प्रधानमन्त्री बन्न पाउने भन्दै गठबन्धन नतोड्न आग्रह गरेका पौडेलनिकट नेताले बताएका छन् ।

सरकार निर्माणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले पुस १० गते अपरान्ह ५ बजेसम्मको समय दिएकी छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सत्तारुढ गठबन्धनबाट आफूले सरकारको नेतृत्व गर्न पाउनुपर्ने अडान राखेका छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.