Advertisement

छिमेकमा कोरोना भाइरस देखिएको छ, बुस्टर डोज लगाइहाल्नू : स्वास्थ्य मन्त्रालय

0 71

Advertisement

९ पुस, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रायलले कोरोना भाइरसको नयाँ भेरियन्ट बीएफ. ७ नेपालमा पनि फैलिने जोखिम रहेकाले सतर्क रहन आग्रह गरेको छ ।

छिमेकी मुलुकहरुमा देखिएको यो भाइरस हालसम्म नेपालमा पुष्टि नभएको बताउँदै मन्त्रालयले खुला सीमाना र मानिसहरुको आवतजावतका कारणले नेपालमा फैलिन सक्ने जोखिम रहेकाले रोकथाम र नियन्त्रणका उपाय अपनाउनुपर्ने उल्लेख गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुरले एक विज्ञप्ति जारी गरी इसाइ धर्माबलम्बीहरुके चाड क्रिसमस र इस्वी संवतको नयाँ वर्ष २०२३ नजिकिएको अवस्थामा भिडभाड नगर्न र जनस्वास्थ्यको मापदण्ड पालना गर्न आग्रह गरेको छ ।

मन्त्रालयले कोभिड–१९ को बुस्टर डोज लगाउन बाँकीहरुलाई पनि छिटो खोप लगाउन आग्रह गरेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.