Advertisement

उपत्यकामा मेट्रो रेलको विकल्प छैन, महानगर मिलेर काम थालौं : चिरिबाबु महर्जन

0 177

Advertisement

०२ पुस, काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले काठमाडौं उपत्यकामा अब मेट्रो रेलको विकल्प नरहेको बताएका छन् ।

शनिबार ललितपुर महानगरपालिकाको १०४ औं स्थापना दिवसका अवसरमा उनले मेट्रो रेल धेरै महंगो छ भनेर पछि हट्न नहुने पनि धारणा राखे । अब पनि मोटरसाइकलको बिक्री बढाएर उपत्यकामा ट्राफिक जाम बढाउनु भन्दा मेट्रो रेल सञ्चालनका लागि आवश्यक तयारी थाल्नुपर्ने उनको भनाइ छ ।

‘काठमाडौं उपत्यकामा अब मेट्रो (रेल) को विकल्प छँदै छैन । आज निर्णय गर्नसक्यौं भने अर्को १० देखि १५ वर्षसम्ममा त्यो सकिन्छ । मेट्रो ज्यादै महंगो छ रे भन्ने सुन्ने गरेको छु । सस्तो के छ त ? अबको १५ वर्षपछि काठमाडौं उपत्यका भित्रको जनसंख्या ६० लाख पुग्छ । यसको विकल्प के त ? यही मोटरसाइकल ल्याउने ?’ मेयर महर्जनले भने ।

मेट्रो रेलको विकल्प मोेटरसाइकल किमार्थ हुन नसक्ने दाबी गर्दै उनले महंगो भयो भनेर मेट्रोको योजना नबनाउनु उचित नहुने बताए ।

‘अन्तर्राष्ट्रिय अध्ययन अनुसार पनि ३० लाख जनसंख्या भएको ठाउँका लागि मेट्रो अपरिहार्य छ । विलम्व नगरी यो काम अघि बढाऔँ । यसको लागि नेपाल सरकारको अनुहार हेरेर बस्ने हो भने केही पनि हुँदैन । त्यसको लागि काठमाडौं र ललितपुर महानगरपालिका लगायत काठमाडौं उपत्यकाका १८ वटा पालिकाले राम्रो भूमिका खेल्नुपर्छ’ उनले भने ।

मेयर महर्जनले मेट्रो रेल सञ्चालनका लागि काठमाडौं महानगरपालिकाका मेयरले प्रमुख भूमिका खेल्नुपर्ने पनि बताए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.