Advertisement

पाँचथर पावरले लाभांश पारित गर्न डाक्यो साधारण सभा

0 51

Advertisement

२५ मंसिर, काठमााडाैं । पाँचथर पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको लाभांश पारित गर्न साधारण सभा बोलाएको छ ।

कम्पनी सञ्चालक समितिको बैठकले पुस १८ गते होटल इम्पेरियल काठमाडौँ, बत्तीसपुतलीमा बिहान ११ बजे सातौँ वार्षिक साधारण सभा डाकेको हो ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम गत आवको नाफाबाट लगानीकार्तालाई चुक्ता पुँजी ९६ करोड २५ लाख रुपैयाँको ७ प्रतिशतका दरले ६ करोड ७३ लाख ७५ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गर्ने साथै सभाले लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस ७ गते एक दिन बुकक्लोज गर्ने भएको छ । बुकक्लोज अनुसार पुस ६ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा सेयर कारोबार भइ कायम रहने सेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.