Advertisement

प्रचण्ड प्रधानमन्त्री बन्नुभयो भने देशको कल्याण हुन्छ : मातृका यादव

0 104

Advertisement

१७ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव मातृका यादवले अहिले आफ्ना पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बन्ने हो भने देशको कल्याण हुने बताएका छन्।

पदाधिकारी बैठकका लागि पार्टी कार्यालय पेरिसडाँडा पुगेका उनले पत्रकारहरुसँग कुरा गर्दै भने, ‘यदि अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्नुभयो भने देशको कल्याण हुन्छ। किनभने उहाँमा गतिशीलता छ। सबैसँग डिल गर्न सक्ने क्षमता छ।’

यादवले प्रचण्ड प्रधानमन्त्री बन्ने परिस्थिति छैन भनेर भन्न नमिल्ने बताए। ‘परिस्थिति त कहिलेकाहीँ जे पनि हुन्छ’, उनले भने, ‘परिस्थिति छैन भन्न मिल्दैन। कहिलेकाहीँ नसोचेको कुरा पनि हुने गरेको छ।’

उनले विगतमा राप्रपाका लोकेन्द्रबहादुर चन्द एमालेको काँधमा चढेर, कांग्रेसको काँधमा चढेर सूर्यबहादुर थापा पनि प्रधानमन्त्री बनेको भन्दै अहिले आफूहरुको ‘अलायन्स’ भएकाले प्रधानमन्त्री बन्नका लागि कसैको पनि काँधमा चढ्नु नपर्ने बताए।

एमालेको प्रधानमन्त्रीको अफर सम्बन्धमा राखिएको जिज्ञासामा उनले ‘अवसरवादी’को प्रतिक्रिया दिए। ‘एमालेको अफर अवसरवादी अफर हो। एमालेसँग गएर देशको कल्याण हुन्छ भन्ने मलाई लाग्दैन। ओलीको नेतृत्व रहुञ्जेलसम्म एमालेसँग जानु राम्रो हुँदैन’, उनले भने।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.