Advertisement

काभ्रेमा ३२ हजार मत बदर, ५० उम्मेदवारको जमानत जफत

0 106

Advertisement

१६ मैसिर, बनेपा । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा काभ्रेपलाञ्चोकमा ३२ हजार चार सय ५५ मत बदर भएको छ। प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फ तीन दशमलव सात प्रतिशत मत बदर भएको हो।

जिल्लामा एक लाख ८७ हजार तीन सय ३० जनाले मतदान गरेका थिए। जिल्लामा तीन लाख १० हजार ६३ मतदाता रहेका थिए। जिल्ला निर्वाचन अधिकारी उमेशकुमार राईका अनुसार ८६ हजार चार सय ६२ महिला तथा एक लाख आठ हजार ६८ पुरुष मतदाता मतदानमा सहभागी भएका थिए।

क्षेत्र नम्बर १ मा कुल खसेको मतमा प्रत्यक्षतर्फ चार हजार चार सय २६ तथा समानुपातिकतर्फ तीन हजार सात सय २२ मत बदर भएको छ।

क्षेत्र नम्बर १ प्रदेश सभा (१) मा प्रत्यक्षतर्फ एक हजार पाँच सय ८४, प्रदेश सभा (२) मा प्रत्यक्षतर्फ एक हजार चार सय ६३ तथा प्रदेश सभा (१) र (२) मा समानुपातिकतर्फ चार हजार आठ सय ७२ मत बदर भएका थिए । क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फ तीन हजार आठ सय ३७, समानुपातिकतर्फ तीन हजार नौ सय १३ तथा क्षेत्र नम्बर २ (१) मा प्रत्यक्षतर्फ एक हजार चार सय ५१, क्षेत्र नम्बर २ (२) मा एक हजार सात सय ५१ तथा समानुपातिकतर्फ पाँच हजार चार सय २६ मत बदर भएका थिए।

यसैबीच प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा प्रत्यक्षतर्फको मतपरिणाम अनुसार काभ्रेपलाञ्चोकका ५० उम्मेदवारको जमानत जफत भएको छ। प्रत्यक्षतर्फ प्रतिनिधि सभा र प्रदेश सभा गरी जम्मा ६४ को उम्मेदवारी कायम भएको थियो। धरौटी जोगाउन नसक्ने उम्मेदवार ७८ प्रतिशत छन्।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.