Advertisement

उम्मेदवार बनेका कलाकारको कस्तो छ मत परिणाम ?

0 102

Advertisement

०८ मंसिर, काठमाडौं । फिल्म निर्माता रोज राणा नेपाली कांग्रेसको तर्फबाट प्यूठानबाट प्रदेशसभामा निर्वाचित भएका छन् । प्यूठान प्रदेशसभा २ बाट निर्वाचित भएका हुन् ।

अर्का फिल्म निर्माता मदुकुमार श्रेष्ठ धादिङ क्षेत्र नम्बर १ को प्रदेशसभा १ बाट कांग्रेसबाट निर्वाचित भएका छन् ।

राप्रपाबाट मोरङ क्षेत्र नम्बर ३ मा उम्मेदवार बनेकी अभिनेत्री रेखा थापा जारी मतगणनामा तेस्रो स्थानमा छिन् । उनले हालसम्म ६ हजार २९१ मत ल्याएकी छन् । रेखाको क्षेत्रमा कांगे्रेस उम्मेदवार सुनिलकुमार शर्माले २६ हजार ४४१ मतसहित अग्रता लिइरहेका छन् । त्यहाँ एमालेका भानुभक्त ढकाल सुरुदेखि नै दोस्रो स्थानमा छन् ।

कमेडियन हिमेश पन्त धादिङ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार छन् । जारी मतगणनामा उनी तेस्रो स्थानमा छन् । उनले हालसम्म ८ हजार ७३ मत ल्याएका छन् । यो क्षेत्रमा नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डेले अग्रता लिइरहेका छन् ।

एमालेबाट दाङ क्षेत्र नम्बर ३ मा उम्मेदवार बनेकी गायिका कोमल वली जारी मतगणनामा दोस्रो स्थानमा रहेर कांग्रेसका दीपक गिरीलाई पछ्याइरहेकी छन् । पछिल्लो मत परिणाम अनुसार उनले १० हजार ७९१ मत ल्याएकी छन् ।

काठमाडौं क्षेत्र नम्बर ६ बाट स्वतन्त्र उम्मेदवारी दिएका गायक सञ्जय श्रेष्ठले जम्मा ५७७ मत ल्याए । राप्रपाले टिकट नदिएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए । काठमाडौं–५ बाट स्वतन्त्र उम्मेदवारी दिएका अर्का कलाकार मधुसुदन पाठक (सिते बा)ले जम्मा ३६४ मत ल्याउन सके । अन्य केही कलाकार समानुपातिकतर्फको सूचीमा छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.