Advertisement

रौतहटमा आगलागीमा परेर एकै घरका ३ बालबालिकाको ज्यान गएको पुष्टि, ३ जना घाइते

0 92

Advertisement

०८ मंसिर, रौतहट । रौतहट सदरमुकाम गौरमा गएराति भएको आगलागीमा परेर एकै घरका ३ बालबालिकाको ज्यान गएको छ । गौर नगरपालिका १ माईस्थान चोकमा रहेको इस्लाम कपडा–डसना पसलमा गए राति ११ बजे आगलागी हुँदा तीन बालबालिकाको घटनास्थलमै जलेर ज्यान गएको छ भने तीन जना घाइते भएका छन् ।

आगलागीमा इस्लाम मियाकी ९ वर्षकी छोरी रुक्साना खातुन, ५ वर्षकी छोरी सविना खातुन र ७ वर्षको छोरा इमरान मन्सुरीको ज्यान गएको प्रहरीले जनाएको छ । यसैगरी घाइते हुनेमा इस्लामका २६ वर्षका भतिजा महम्मद इसराइल मन्सुरी, ८ वर्षका महम्मद इमरान र २४ वर्षकी नसिमा खातुन छन् ।

घरमा आगो लागेपछि भागेर ज्यान जोगाउने क्रममा खातुन लडेर घाइते भएका प्रहरीले जनाएको छ । घाइते तीन जनाकै उपचार गौर अस्पतालमा भइरहेको छ । एक जनाको अवस्था गम्भीर भएकाले काठमाण्डौ ल्याउने तयारी छ । ज्यान गुमाएका तीन जनाको शव गौर अस्पतालमा राखिएको छ । आगलागी हुँदा घरमा १६ जना सुतिरहेका थिए । सुतेकै अवस्थामा आगलागी भएको हुँदा मानवीय समेत क्षति हुन पुगेको प्रहरीको भनाई छ ।

आगालागीले कपडा–डसना पसलसँगै रहेको मोटरसाइकल ग्यारेजमा पनि क्षति पुर्याएको छ । ग्यारेजमा बनाउनलाई राखिएका दर्जनौँ मोटरसाइकल जलेका छन् । मोटरसाइकल बनाउने ग्यारेजमा रहेका मोटरसाइकलको पेट्रोल तथा ग्यालेनमा रहेको पेट्रोलमा आगो सल्केपछि आगो झनै बढेको थियो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा स्थानीयवासीको सहयोगमा राति नै आगो निभाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी वीरबहादुर बुढा मगरले जानकारी दिनुभयो । गौर नगरपालिकाका नगर मेयर शम्भु साहले घटना निकै दुःखद भएको भन्दै पीडितलाई सहयोग गर्न नगरपालिका तयार रहेको बताउनुभयो ।

यस्तै, एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले पनि पीडित परिवारलाई भेट्नु भएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.