Advertisement

समानुपातिकतर्फ माओवादी केन्द्रले पनि एक लाख मत

0 69

Advertisement

०७ मंसिर, काठमाडाैं। प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ नेकपा माओवादी केन्द्रले पनि एक लाख मत कटाएको छ ।

समानुपातिकतर्फ सबैभन्दा पहिला एक लाख कटाउने दल एमाले हो भने दोस्रोमा नेपाली कांग्रेस, तेस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टी र चौथोमा नेकपा माओवादी केन्द्रले एक लाख मत कटाएका हुन् ।

निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो मतपरिणाम अनुसार समानुपातिकतर्फ एमालेले २ लाख ४१ हजार ५९४ मत पाउँदा नेपाली कांग्रेसले २ लाख १८ हजार ७०७, राष्ट्रिय स्वतन्त्र पार्टीले एक लाख ११ हजार ३९४ र नेकपा माओवादी केन्द्रले एक लाख ३६४ मत पाएको छ ।

राप्रपाले भने अहिलेसम्म ५७ हजार २३६ मत पाएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.