Advertisement

लुम्बिनी विकास बैंकले ३९ करोड ४१ लाख लाभांश वितरण गर्ने

0 65

Advertisement

०६मंसिर, काठमाडाैं । लुम्बिनी विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।

बैंकको मङ्सिर २ गते शुक्रबार सम्पन्न सञ्चालक समितिको बैठकले कुल १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । जसमध्ये चुक्ता पुँजीको ३ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ९ प्रतिशत नगद लाभांश रहेको छ ।

बैंकले हाल चुक्ता पुँजी ३ अर्ब २८ करोड ४२ लाख ९२ हजार ५११ रूपैयाँ रहेको छ । प्रस्तावित ३ प्रतिशतका दरले ९ करोड ८५ लाख २८ हजार ७५५ रुपैयाँ ३३ पैसा बोनस सेयर र बोनस सेयरमा लाग्ने कर वापत चुक्ता पुँजीको ९ प्रतिशतले हुन आउने २९ करोड ५५ लाख ८६ हजार ३२५ रुपैयाँ ९९ पैसा नगद गरी कुल ३९ करोड ४१ लाख १५ लाख १०१ रुपैयाँ ३२ पैसा लाभांश वितरण गर्नेछ ।

बैंक सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको सो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि मात्र लगानीकर्तामा वितरण हुनेछ ।

अघिल्लो आव २०७७/७८ को नाफाबाट कम्पनीले चुक्ता पुँजीको १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.