Advertisement

सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

0 55

Advertisement

०६ मंसिर, सर्लाही । सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सोमबार साँझ ईश्वरपुर नगरपालिका–१२ स्थित पूर्व पश्चिम लोकमार्गमा प्रदेश–२–०३–००४ प ७८८४ नम्बरको मोटरसाइकल र ज.११प ८१० नम्बरको मोटरसाइकल आपसमा ठोक्किएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा बारा कलैया उपमहानगरपालिका–१६ घर भएका ४५ वर्षीय कन्हाई चौधरी र महोत्तरीको बर्दिबास नगरपालिका–६ घर भएका २५ वर्षीय सुनिल आले मगरको मृत्यु भएको छ । सुनिल ज.११ प ८१० नम्बरको मोटरसाइकलका चालक हुन् । प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा उनीहरूको निधन भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी विजय यादवले जानकारी दिए ।

मोटरसाइकलमा सवार बाराको कलैया घर भएका अजय कुमार पटेल र बर्दिबास घर भएकी २४ वर्षीया रुबिना तामाङ घाइते छन् । उनीहरूको उपचार भइरहेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.