Advertisement

एभरेष्ट बैंकले १३ प्रतिशत बोनस सेयर दिने

0 63

Advertisement

०६ मंसिर, काठमाडाैं । अधिकांश बैंक तथा वित्तीय संस्थाहरूले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट नगद लाभांश दिइरहेको समयमा एभरेष्ट बैंकले भने बोनस सेयरलाई प्राथमिकता दिएको छ । बैंकले १३ प्रतिशत बोनस सेयर र ७.६८ प्रतिशत नगद लाभांश दिन लागेको हो ।

अहिले एभरेष्ट बैंकको चुक्ता पुँजी ९ अर्ब ४२ करोड ७३ लाख रुपैयाँ छ । यो पुँजीको ७.६८ प्रतिशतका दरले नगद लाभांश वितरण गर्दा बैंकले ७२ करोड ७४ लाख ९० हजार रुपैयाँ नगद लाभांश वितरण गर्नेछ ।

एभरेष्ट बैंकले १३ प्रतिशत बोनस सेयर दिने भएपछि सो बैंकको चुक्ता पुँजी पनि वृद्धि हुनेछ । बैंकले १३ प्रतिशत बोनस सेयर दिएपछि सो बैंकको चुक्ता पुँजीमा १ अर्ब २३ करोड ७ लाख ५४ हजार रुपैयाँ बढ्नेछ ।

एभरेष्ट बैंकले मङ्सिर २६ गते वार्षिक साधारणसभा बोलाएको छ । सो सभाले पारित गरेपछि सेयरधनीलाई लाभांश वितरण गरिनेछ । साधारणसभा प्रयोजनको लागि बैंकले मङ्सिर १३ गते सेयर दाखिला खारेज मिति तय गरेको छ । अर्थात् मङ्सिर १३ गतेभन्दा अगाडि कायम रहेका सेयरधनीले मात्रै बैंकले यसपालि दिन लागेको नगद लाभांश र बोनस सेयर प्राप्त गर्नेछन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.