ललितपुर ३ मा एमालेका खड्काभन्दा तोसिमा कार्की १४ सय मतले अगाडि
०६मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा तोसिमा कार्कीले प्रतिनिधि सभा ललितपुर निर्वाचन क्षेत्रमा आफ्नो फराकिलो मतान्तरले अग्रता लिएकी छन्।
पछिल्लो मतगणना अनुसार उनले प्रतिस्पर्धी एमालेका उम्मेदवारभन्दा झण्डै १४ सय मतान्तरले अग्रता लिएकी हुन्। उनले ५ हजार ८२७ मत प्राप्त गरेकी छन्।
दोस्रोमा रहेका एमालेका अमृत खड्काले ४ हजार ४३३ मत प्राप्त गरेका छन् भने सत्तारुढ गठबन्धनबाट साझा उम्मेदवार बनेकी माओवादीकी पम्फा भुसालले २ हजार ५४१ मत प्राप्त गरेकी छन्।