Advertisement

इरानमा अशान्तिः दुई अभिनेत्री पक्राउ

0 99

Advertisement

०५ मंसिर, एजेन्सी । दुई प्रमुख इरानी अभिनेत्रीहरूलाई सार्वजनिक रूपमा सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा पक्राउ गरिएको छ।

हेंगमेह गाजियानी र कातायुन रियाहीलाई इरानका अधिकारीहरूविरुद्ध मिलेर काम गरेको आरोप लगाइएको इर्ना समाचार निकायले जनाएको छ ।

दुवै अभिनेत्रीले यसअघि हिजाब नलगाइ सार्वजनिक कार्यक्रममा देखिएका थिए । सेप्टेम्बरमा प्रहरी हिरासतमा एक महिलाको मृत्युपछि फैलिएको प्रदर्शनप्रति ऐक्यबद्धता जनाउँदै उनीहरूले हिजाब फुकालेको अनुमान गरिएको थियो ।

नैतिकतासम्बन्धी प्रहरीको पक्राउमा परेकी २२ वर्षीया महसा अमिनिको हिरासतमै मृत्यु भएको थियो । पक्राउको तीन दिनपछि उनको मृत्यु भएको थियो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.