Advertisement

मौन अवधिमा मधेशमा तीन ठाउँबाट बाँडिरहेको पैसा बरामद 

0 95

Advertisement

०३ मंसिर, काठमाडौं । मौन अवधिमा मधेश प्रदेशका तीन स्थानमा मतदातालाई बाँडिरहेको पैसा बरामद भएको छ।

मधेशको प्रहरी मुख्यालय जनकपुरका अनुसार सिरहाको मिर्चैयाबाट २ लाख ४७ हजार ८ सय २० रकम सहित दुई जना प्रक्राउ परेका छन्।

त्यसैगरी महोत्तरीको गौशला नगरपालिकाबाट १ लाख ५३ हजार रककसहित केही कार्यकर्ता पक्राउ परेका छन्।बर्दीबासबाट पनि १ लाख ५४ हजार रकम सहित बाँड्नेहरूलाई पक्राउ गरिएको प्रहरीदले नेपाल लाइभलाई जानकारी दिए।

मतदातालाई आफनो पक्षमा तान्न दलह र तीनका उम्मेदवारले पैसा बाँड्ने गरेको गुनासो आएपछि निर्वाचन कार्यलय र प्रहरी अधिकारीहरूले खोजी गरिरहेका छन्।

प्रहरी प्रवक्ता सुमन तिमल्सिनाले निर्वाचन कार्यलयको समन्वयमा सादा पोशाकका प्रहरीदेखि निर्वाचनका लागि मतदान स्थलसम्म खटेका कर्मचारीहरूलाई प्रयोग गरिएको बताए।

सुरक्षाको ढृष्टिकोणले मधेश प्रदेशमा निर्वाचन जहिले पनि चुनौतिपुर्ण रहको भन्दै प्रहरी अधिकारीहरूले यस पटक विगतका घटना आधार मानेर खुला समिावर्ती र ढुर्गम क्षेत्रमा विशेष सुरक्षा रणनीती बनाइएको तिमल्सिनाले बताए ।

शुक्रबार मात्रै महोत्तरीको बर्दीबासबाट प्रहरीले नक्कली मतपत्रसहित भारतीय नम्बरको गाडी पकाउ गरेको थियो। केही दिन पर्सामा पनि प्रहरीले नक्कली मतपत्र सहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको थियो।

प्रवक्ता तिमल्सिनाले मधेशमा भारतीय नम्बर प्टेलको गाडी निर्वाचनका कारण प्रयोगमा कडाइ गरिएको र अन्य नेपाली गाडीहरूको पनि चेकजाँच सबैतिर प्रभावकारी ढ‌ंगले भइरहेकाले गलत काम नहुने दाबी गरे।

गत वैशाखमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनको क्रममा रौतहटको यमुनामाई नगरपालिकामा मतदान भएको मतपेटिका नै लिएर एक स्थानीय फरार भएपछि पुन: मतदान गर्नुपरेको थियो।

अघिल्लो निर्वाचनताका पनि मधेशका जिल्लामा गोली सम्म चलेका घटना देखिन्छन्।

प्रहरी प्रशासनले मधेश प्रदेशका १२ सय ३० ओटा मतदान स्थललाई सुरक्षाको दृष्किोणले उच्च संवेदनशील क्याटोगोरीमा राखेको जनाएको छ। मधेशमा २१ सय ५६ मतदान स्थल राखिएको छ। यसैगरी ४२ सय ३५ मतदान केन्द्र मध्ये २४ सय ७२ केन्द्रलाई प्रहरी प्रशासनले उच्च संवेशनशीील क्षेत्रमा राखेको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.